रुपन्देहीको तिलोत्तमामा ५ जनाको हत्या

बुटबल, २७ जेठ / जिल्लाको तिलोत्मा १० कान्छी बजार नजिक मैनहवा गाँउमा १ जनाले आफ्नै ५ जना साथीको हत्या गरेका छन् । कान्छीबजारको मैनहवा स्थित फर्ममा काम गर्ने ५ जनाको हत्या भएको स्थानीयले बताएका छन् ।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने ५ जना हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरु को को हुन् भन्ने खुली सकेको छैन । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् । किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन ।

कमेन्टहरु
Loading...