बस र मोटरसाइकल ठोकिदा ३ जनाको मृत्यु

पोखरा, १३ जेठ /एउटै मोटरसाइकलमा ४ जना सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा तनहुँमा तीन जनाको ज्यान गएको छ । शनिबार राती भएको दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा आइतबार बिहान मृत्यु प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका १ जनाको पोखराका गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २० वर्षीय राज राय, २१ वर्षीय धिरज चौधरीको शनिबार राति घटनास्थलमा नै मृत्यु भएको हो । घाइते भएका २२ वर्षीय सञ्जय चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आइतबार विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बस र पोखरा तर्फ आउदै गरेको ना५५प १५९४ नम्बरको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत व्यासनगरपालिका–१२ स्थित कमलबारीमा ठक्कर खादा दुर्घटना भएको हो ।

मोटरसाइकलमा सवार २१ वर्षीय भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...