पोखराबाट जाँदै गरेको बस र काठमाडौँ जाँदै गरेको माइक्रो ठोक्किँदा ५ को मृत्यु

पोखरा, १९ माघ / आइतबार बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।

चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७९५ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो ।

माइक्रोबसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी झापा भद्रपुर–८ घर भई हाल काठमाडौँ बस्ने ७५ वर्षीय हेमराज कोइराला र उनका ६५ वर्षीया श्रीमती डोलमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

त्यसै गरी भक्तपुर निवासी १७ वर्षीया गरिमा गौतम र भद्रपुर निवासी ४५ वर्षीय टङ्कप्रसाद काफ्लेको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

झापा धरमपुर–९ का होमबहादुर दर्जीे र झापाकै सावित्रा राई गम्भीर घाइते भएका छन् ।

कमेन्टहरु
Loading...