पोखराबाट काठमाडौं जादै गरेको माइक्रो बस र पोखरा आउदै गरेको बस दुर्घटना

पोखरा, २१ माघ / तनहुँको आँबुखैरेनीमा माइक्रो बस र बस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो बस र नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस ठोकिएका हुन् । आबुखैरेनी २ स्थित नरिघाटमा दुर्घटना भएको हो ।

घाइतेलाई आँबुखैरेनी स्थित हाडजोर्नी अस्पतालमा सामान्य उपचारपछि १ जनालाई काठमाडौं, ८ जनालाई भरतपुर चितवन स्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रो चालक तनहुँ डुम्रे निवासी विरध्वज थापा मगर समेत गम्भीर घाइते भएका छन् ।

घाइतेहरु

माईक्रोमा सवार

  • जिल्ला गोरखा पालुङटार बस्ने वर्ष ४० की मधु थापा, अवस्था मध्यमम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
  • जिल्ला सप्तरी अग्निसाही गाउँपालिका-६ बस्ने वर्ष ३२ को अर्जुन गौतम, अवस्था मध्यम, बि.एन.बि अस्पताल काठमाण्डौ रिफर ।
  • जिल्ला लम्जुङ राईनस नगरपालिका-१ बस्ने वर्ष ६९ को गम बहादुर अधिकारी, अवस्था मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
  • जिल्ला सिन्धुपाल्चोक मेलम्ची बस्ने वर्ष ३० को दिल बहादुर तामाङ, मध्यम पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
  • माईक्रो चालक जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका-४ बस्ने वर्ष ३५ को विश्वधोज थापा, अवस्था सिरियस पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
  • जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका बस्ने  वर्ष ६० कि लक्ष्मि कायस्थ, अवस्था सिरियस, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
  • जिल्ला ओखलढुङगा बल्खु बस्ने वर्ष ३८ को होम बहादुर खत्री, मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।

बसमा सवार

  • जिल्ला ललितपुर पाटन-२ बस्ने वर्ष २७ की रुपा महर्जन, अवस्था सामान्य, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
  • जिल्ला पाल्पा तानसेन नगरपालिका-१३ बस्ने वर्ष ७० को दुरदिन मियाँ, अवस्था मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
  • .ऐ.ऐ. बस्ने वर्ष ६५ की गगुली मियाँ अवस्था मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।
  • जिल्ला लम्जुङ बस्ने वर्ष ३८ की साईरा मियाँ, अवस्था मध्यम पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै।
कमेन्टहरु
Loading...