चोरी गरी भाग्ने क्रममा भिरबाट लडी मृत्यु

पोखरा, १८ साउन /चोरी गरी भाग्ने क्रममा भिरबाट लडी लमजुङमा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार जिऊसो साढे २ बजे लमजुङ क्वहोलासोथार ९ छापा बस्ने मरिचमान गुरुङको पसलमा ४ जना मानिसहरू आई पैसा राख्ने सानो बाक्सा चोरी गरी भाग्ने क्रममा खसेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भाग्ने क्रममा नाम थर वतन नखुलेको अन्दाजी वर्ष १९ को युवा १५ सय मिटर टाढा मध्य नेपाल नगरपालिका ८ करापु स्थित भिरबाट खस्दा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विरेन्द्रकुमार वस्यालले जानकारी दिए ।

भिरबाट अन्दाजी ३ सय मिटर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चोरी गर्ने मध्ये लमजुङको क्वहोला सोथार ९ छापा बस्ने वर्ष ३० को बुद्दी बहादुर गुरुङलाई स्थानियले नियन्त्रण लिएका छन् भने अन्य २ जना फरार छन् । प्रहरीले घटनाको बारेमा छानविन भईरहेको बताएको छ ।

कमेन्टहरु
Loading...