बेगनास ताल किनारमा शव फेला

पोखरा, ३० असोज / पोखरा महानगरपालिका ३१ बेगनास तालको ड्यामसाइडको एक जनाको शव फेला परेको छ ।

ड्याको बाँयापट्टी किनारमा हाल सम्म नाम, थर, वतन नखुलेको अन्दाजी ६० वर्षको पुरुष व्यक्ति मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ । शवलाई पोष्टमार्टमको लागि गण्डकी अस्पताल पोखरामा राखीको छ ।

कमेन्टहरु
Loading...