१२ वर्षीया बालिका बलात्कृत

वीरगन्ज, ७ चैत

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–३ की एक १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।घरमा कोही नभएको मौका छोपेर स्थानीय ५५ वर्षीय सीताराम उप्रेतीले बालिकालाई बलात्कार गरेको आरोप बालिकाका अभिभावकले लगाएका छन् ।पौडेलले विद्यालयबाट फर्किएर घरमा पुगी कपडा फेर्दै गरेकी ती बालिकालाई हिजो कोही नभएको मौका छोपेर बलात्कार गरेका थिए ।

बलात्कारपछि विछिप्त बनेकी बालिकाले अभिभावक घर फर्केपछि घटनाबारे जानकारी गराएकी थिइन् ।बालिकाका अभिभावकले तत्कालै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले जानकारी दिए । प्रहरीले पौडेल विरुद्ध जबरजस्ती करणी अन्र्तगत उजुरी दर्ता गरेको छ ।

कमेन्टहरु
Loading...