बाबुरामको पोखरामा भिरबाट लड्दा मृत्यु

पोखरा, ९ भदौ /पोखरा लेखनाथ महानगरपालिका २७ ज्यामिरकुनाको भिरबाट बिहीबार साँझ लड्दा एक जनाको मृत्यु भएको छ ।

सोही ठाउँका ४० बर्षिय बाबुराम परियार बाटोमा हिड्ने क्रममा अचानक भिरबाट लड्दा मुत्यु भएको हो ।

भिरबाट लड्दा करिब २५ मिटर तल खसेर घाईते भएका परियारको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...