कास्कीको पुर्बी भागमा परेको असिना कारण हिउँदे बालीमा ठुलो क्षति

कृष्ण आचार्य

पोखरा, १३ फागुन /कास्कीको पुर्बी भागमा हावाहुरी र पानीसंगै परेको असिनाले हिउँदे बालीमा ठुलो क्षति पुर्याएको छ । पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ को खोलाबेशी, बेगनास, वडा नम्वर २८ को माझठाना,बित्यनी, मादी गाँऊपालिका वडा नम्वर १२ को लिपेनी, कमलटारी, रुपा गाँऊपालिका वडा नम्वर ७ को काउरे, स्याक्लुङ्ग, हंसपुर लगायतको ठाऊमा आईतबार दिउसो परेको असिनाले हिउँदे बालीमा ठुलो क्षति पुर्याएको हो ।

तस्बिर सौजन्य : यसोदा आचार्य पौडेल

आईतबार दिउसो ४:३० बजे देखी आधा घण्टासम्म परेको असिनाले उक्त क्षेत्रमा किसानले लगाएको हिउँदे तरकारी बालिका साथै नगदेबाली तोरीमा ठुलो क्षति भ​एको पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ को खोलाबेशी रहेको नबज्योती प्राथामिक बिध्यालयका प्रधानध्यापक बलराम बरालले जानकारी दिए ।प्रधानध्यापक  बरालका अनुसार करिब आधा घण्टासम्म एक पाँउ भन्दा ठुला असिना परेका थिए ।असिनाका कारण लाखौं रुपैयाँ बराबरको बालिनालीमा क्षति पुगेको उनले जनकारी दिए ।

त्यस क्षेत्रमा परेको असिनाका कारण रुखमा पात र बोक्रा समेत झरेको स्थानिय बसन्धरी आचार्यले बताईन् ।आफुले अहिले सम्म यति ठुला असिना परेको थाहा सम्म नपाएको ५१ बर्षीय आचार्यको भनाई थियो ।असिना पानीका कारण ठुलो क्षति भ​एपछि किसानहरु मर्कामा परेका छन् । क्षति यकिन बिबरण भने आउन बाँकी छ ।

कमेन्टहरु
Loading...