जहाज दुर्घटनाको शोकमा बंगलादेशमा बिहीबार राष्ट्रिय शोक

ढाका, ३० फागुन /यूएस बंगला एअरलाइन्सको जहाज दुर्घटनाका पिडितको सम्झनामा बंगलादेश सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

ढाकाबाट काठमाडौ उडेको यूएस–बंगलाको विमान सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ मृत्यु भएको छ । जहाजमा चालक दलका ४ सदस्य सहित ७१ जना सवार थिए।

चालक दलका ४ जना सहित जहाजमा ३६ जना बंगाली नागरिक थिए । दुर्घटनामा बचेका घाइतेहरुको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार प्रधानमन्त्री शेख हसिना वाजेदको अध्यक्षमा बसेको मन्त्रिपरिषदको आपतकालिन बैठकले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

कमेन्टहरु
Loading...