तनहुँ सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु

पोखरा, २८ फागुन / तनहुँको बन्दिपुर गाउँपालिका ५ कोरिका स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

बाउन्भञ्ज्याङबाट कोरिका तर्फ जाँदै गरेको ग १ त ४८०८ नम्बको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अंन्दाजी १५० मिटर तल खस्दा चालक र सहचालकको मृत्यु भएको हो ।

गोरखा पालुङटार ७ च्याङली बस्ने २१ बर्षिय प्रेम कुमालको घट्नास्थलमा नै मृत्यु र सहचालक तनहुँ बन्दिपुर गाउँपालिका ४ नयाँपुलका २३ बर्षिय राजकुमार परियारको मृत्यु भएको हो ।

घाईते भई उपचारका लागि लक्ष्मि अस्पताल डुम्रेमा पठाईएकोमा उपचारको क्रममा चिकित्सकले परियारलाई मृत घोषणा गरेका थिए ।

घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...