बसको ठक्करबाट नायिका महिमा सिलवाल र बहिनीको मृत्यु

धादिङ, १ फागुन / नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिला सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ ।

धादिङको गजुरी गाउँपालिका २, चाम्बासमा बुधबार साँझ बसमा ठोक्किएर स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको मृत्यु भएको हो ।

महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका १३, गीतानगर घरका हुन् ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर ठोक्किएको प्रहरीको भनाई थिए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...