पोखरामा दुर्घटना हुदाँ एक जनाको मृत्यु

पोखरा, २७ पुस / पोखरा महानगरपालिका १३ आर्वा स्थित थापाको चौतारा नजिकै दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

आर्वाको उपल्लो गाउँबाट काहुँखोला तर्फ कुखुराको दाना लिएर आउदै गरेको ग२च ९८५ नम्रबको जिप आफै अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

जिपमा सवार ३ जना मध्ये जिल्ला स्याङ्जा आधीखोला गाउँपालिका १ दरौ सिरुबारी घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने अंन्दाजी वर्ष १७ का लक्ष्मण भन्ने मन बहादुर सुनार घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उपचारका क्रम मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...