बागलुङ जिप दुर्घटना १४ जनाको मृत्यु

बागलुङ, १७ मंसिर / बागलुङको बडिगाडमा भएको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका ५ का रेशम थापा, माया थापा, दोबाटा बसुन्धरा कार्की, सिता कार्की, भवि कार्की, भुमि कार्की, मिना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाथ नगरपालिका १ बस्ने भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका७ नरमाया खत्री रहेका छन् ।

मृत्यु भएकाहरुको बुर्तिबाङ अस्पतालमै पोस्टमार्टम गरि शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका(२का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ का हिमाल कार्की र निमा केसी रहेका छन् ।

उनीहरुको ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको र हेलिकप्टरमार्फत् थप उपचारका लागि काठमाडौं लैजाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए । दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका ४ का १५ वर्षे धनबहादुर कार्की बेपत्ता भएका छन् ।

हाल सम्म सनाखत भएका मृतकहरूको नामावली :

  • जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने वर्ष ३० कि सुचना कार्की ।
  • जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने वर्ष २५ को रेशम थापा ( चालक तथा साहु )
  • जिल्ला गुल्मी ईस्मा गाँउपालिका ५ बस्ने वर्ष ४० कि बसुन्धरा कार्की ।
  • जिल्ला गुल्मी ईस्मा गाँउपालिका ३ बस्ने वर्ष २२/२३ कि माया थापा ।
  • जिल्ला नवलपरासी बर्दघाट नपा २ बस्ने वर्ष ६० कि मुमा कार्की ।
  • जिल्ला  बागलुङ बडिगाड गाउपालिका ५ बस्ने वर्ष ५५ कि लक्ष्मी केसी ।
  • जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने वर्ष ४० कि सिता कार्की ।
  • जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने मृतक सिता कार्कीको छोरी वर्ष २ कि अनुसा कार्की  ।
  • जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने वर्ष ६५ कि झवी कार्की ।
  • जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने वर्ष ४० को महेन्द्र कार्की ।
  • जिल्लास गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने वर्ष ४५ कि भुमी कार्की ।
  • जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने वर्ष २५ कि मिना बस्नेत ।
  • जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने वर्ष ६५ को धन बहादुर कार्की ।
  • जिल्ला कन्चनपुर बस्ने वर्ष ५५ को धन बहादुर कार्की ।

मृतक मध्य ९ जना महिला, ४ जना पुरुष र एक बालक रहेका छन् । उक्त दुर्घटनामा ३ जना घाईते भएका छन् भने एक जना खोलामा वेपत्ता भएका छन् ।

हाल सम्म नामखुलेका घाईतेहरू 

      १)जिल्ला नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने वर्ष २०/२२ को जीवन कार्की, अवस्था सिरियस ।

२) जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने मृतक सुचना कार्कीको  छोरा वर्ष ४ को हिमाल कार्की, अवस्था सिरियस ।

३) जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने वर्ष २४ कि निमा केसी, अवस्था सिरियस  ।

घाईतेहरुलाई ऊपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाईएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाण्डौ पठाईएको छ । घाईतेहरुको अवस्था सिरियस रहेको छ ।

हालसम्म पनि वेपत्ता

एक जनाभने हालसम्म पनि हराई रहेका छन् । हराईरहेका जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ बस्ने वर्ष ६५ को धन बहादुर कार्कीको खोजिकार्य भईरहेको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान पनि गरिरहेको छ ।

कमेन्टहरु
Loading...