बंगलादेशमा नेपाली विद्यार्थीको आत्महत्या , थप अनुसन्धान गर्न दूतावासको आह्वान

पौष १०/बंगलादेशस्थित नेपाली दुतावासले गत साता आत्महत्या भनी अनुमान गरिएको नेपाली विद्यार्थी बिनिशा शाहको मृत्युको बारेमा ‘थप अनुसन्धान गर्न’ स्थानीय अधिकारीहरुलाई आग्रह गरेको छ।

आइतबार बिनिशाको शवलाई उनकै दाजु नरेन्द्रले बिमान बंगलादेशको नियमित उडानबाट नेपाल ल्याएका छन्। बिराटनगरकी शाहको शव डिसेम्बर १९का दिन झुण्डिएको अवस्थामा भेटिएको थियो।

२ वर्षअघि ढाकामा डेन्टल अध्ययन गर्न पुगेकी बिनिशा शाहको पोस्टमार्टम रिपोर्टमा झुण्डिएको कारण मृत्यु भएको उल्लेख छ । अन्य परीक्षणा भने रिपोर्ट आउन थप समय लाग्ने बताइएको छ।

उनी नेपाल फर्किने तयारीमा रहेकी थिइन।

कमेन्टहरु
Loading...