पोखरामा गेष्ट हाउसमा एक जना मृत फेला

शव

पोखरा, ८ मंसिर/ पोखरा महानगरपालिका २ बाग्लुङ बसपार्क स्थित एक गेष्ट हाउसमा एक व्यक्ति मृत फेला परेका छन् ।

शनिबार राती आई बसेका साविक जिल्ला स्याङ्जा वानेथोक देउराली ५ घर भई हाल जिल्ला स्याङजा भिरकोट नगरपालिका ३ घर भएका अन्दाजी ६४ बर्षिय पुर्ण बहादुर घर्ती मृत भेटिएका हुन् ।

घर्ती बसेको कोठा नजिकै रहेको बाथरुम भित्र अचेत अवस्थामा लडिरहेको फेला पारि तत्कालै उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा लगेकोमा चिकित्सले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...