रासायनिक मल नल्याउने ठेकेदारसंगको सम्झौता रद्ध

काठमाडौं । किसानलाई आवश्यक रासायनिक मल समयमा नल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले मलको ठेक्का सम्झौता रद्द गरेको छ।

ठेक्का सम्झौताअनुसार तोकिएको समयमा मल ल्याउन नसकेपछी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँगको ठेक्का रद्द गरिएको हो ।

शैलुङ र होनिकोसँग गत असारमा गरिएको युरिया मलको ठेक्का सम्झौता रद्द गरिएको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले जानकारी दिए ।

कालो सूचीमा राख्न र धरौटी रकम जफत गर्ने पनि निर्णय गरेको छ।

शैलुङसँगको २५ हजार मेट्रिक टन र होनिकोसँगको २५ हजार गरी ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता रद्द गरिएको हो।

कृषि सामग्री कम्पनीसँग दुई कम्पनीले भदौ २० गतेसम्म समान २५ हजार युरिया मल खरिद गरेर नेपाल ल्याइसक्ने गरी  सम्झौता गरेका थिए।

कमेन्टहरु
Loading...