महिला दिवसमा सरसफाई र वृद्ध आमाहरुलाई सम्मान

पोखरा, २५ फागुन /पोखराको चाउथेस्थित स्वागत दिदी बहिनी समूहले अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सरसफाई तथा वृद्ध आमाहरुलाई सम्मान गरेको छ । समूहले चाउथेको स्वागत आमा समूहको भवन आसपासमा सरसफाई गर्नुका साथै समूहभित्र रहेका वृद्ध आमाहरुलाई सम्मान गरेको हो । सरसफाई कार्यक्रममा समूहमा आबद्ध करिब ४० जना महिलाहरुको सहभागिता रहेको समूहकी अध्यक्ष विमला बसेलले जानकारी दिइन् ।

यस्तै, समूहभित्रका १४ जना आमाहरुलाई पछ्यौरी र प्रमाणपत्रद्धारा सम्मान गरिएको उनले बताईन् । कार्यक्रममा बोल्दै प्रम्ख अतिथि उपत्यका नगर विकास समितिकी सदस्य माया बरालले महिला दिवसको सन्दर्भमा आयोजना गरिएको सामाजीक कार्यको प्रशंसा गरिन् ।कार्यक्रममा स्वागत टोल विकास संस्थाका सचिव कृष्ण बहादुर थापा, सल्लाहकार मिठू रेग्मी, सुमित्रा उदास, भवन निर्माण समितिकी अध्यक्ष हरिमाया केसी, समूहकै जेष्ठ नागरिक हरिमाया अधिकारी लगायतले बोलेका थिए । समितिकी अध्यक्ष बसेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीता पौडेलले गरेकी थिइन् भने स्वागत मन्तव्य सीता पोखरेलले दिएकी थिइन् ।

कमेन्टहरु
Loading...