जैविक विविधताले भरिपूर्ण कास्कीको ‘पञ्चासे’

पोखरा नजिकैको एक प्राकृतिक भ्युटावर अथवा पोखराको शिर पञ्चासे प्रकृति प्रेमी र पारखीहरुका माझ परिचित नाम नै हो । पोखराको माथका रुपमा पर्ने पञ्चासे जैबिक विविधता र पर्यावरणीय सौन्दर्यताको परिचायक उपमा नै हो। पोखरा सहरदेखि दक्षिण पश्चिमी भेगमा हरियाली पगरा पहिरन पहिरिएर रङ्गीबिरङ्गी फूलहरुको सौन्दर्यको संयोजनले सजिएको पञ्चासे एक बानस्पतिक उद्धान पनि हो ।

 

पहाडी सौन्दर्यात्मक दृश्य, पर्यापर्यटनको रमणीयता, बहुमूल्य सुनाखरी फूलहरुको सुन्दर सजावट, पुष्प बगानयुक्त र बनस्पतियुक्त जंगल यहाँका मूल बिशेषता नै हुन् । हरित पहाड र पहाडका बीचबाट सुन्दर रुपमा सुसेली गडगडाहटका साथ बग्ने झरनाहरु र खोलानालाहरु पनि यहाँका मूल बिशेषता नै हुन् ।

७५२५ हेक्टर क्षेत्रफल ओगटेको जंगलका साथै कास्की, स्याङ्जा र पर्वत गरि तीन जिल्लाको संगम बनेर रहेको पञ्चासे पहाड २५१७ मिटर उचाइमा रहेको छ। पहाडी सितलता, पर्यावरणीय सौन्दर्यात्मक परिदृश्य र मनमोहक हिमालहरुको प्रस्ट सुन्दर दृश्याबलोकन यहाँका मूल बिशेषता नै हुन् । बढ्दो सहरीकरण र सहरी ब्यस्तताका कारण मानव समाज आकुल ब्याकुल बन्दै गईरहेको परिप्रेक्ष्यमा पञ्चासे भ्रमण मानव स्वास्थ्यका निम्ति र पर्यावरण विचरणका निम्ति एक महत्त्वपूर्ण माध्यम बन्न सक्छ।

१. पञ्चासे हरित पहाड (२५१७ मि)
पञ्चासे पर्यावरण र प्रकृति पारखीहरुका लागि एक पवित्र नाम हो । ७५२५ हेक्टर क्षेत्रफलमा फैलिएको बिशाल पुष्प बगानयुत्त हरित जंगल र रंगिन पुष्प बगानले पञ्चासेलाई प्रकृतिको स्वर्गका रुपमा विकास गरेको छ। पञ्चासे यात्राको सुरुवात प्रस्थान बिन्दुदेखि नै हरित जंगललाई सारथि गाँस्दै पञ्चासे सुनाखरी पदयात्राको यात्रा तय गर्न सकिन्छ ।

पदयात्रामा दायाँ र बायाँ यात्राको क्रममा बुट्यान र रुखहरुको सामीप्यतामा प्रकृतिको न्यानो स्वागत गाँस्दै लुकामारी गर्दै यात्रा पार गर्न पाईनु पनि यहाँको प्राकृतिक बिशेषता हो। बनस्पतिगत बिबिधता र वानस्पातिक प्राकृतिक बिशेषता पनि यहाँको प्रकृतिको अभिन्न उपहारसमेत हुन् । घना बनजङ्गल र सो घना जंगलका बीचबाट प्रकृतिको साईनो साट्दै दृश्याबलोकनका साथ यात्रा तय गर्न पाईनु नै पञ्चासे यात्राको मूल महिमा नै हो। खस्रु, सल्ला, चिलाउने, कटुस, रचनमाला, उत्तिस लगायतका बुट्यानहरुको संयोजनमा सुनाखरीले सजाईदिएको पुष्प सौन्दर्य नै सहरका महंगा बत्तीहरुको संयोजन भन्दा अझै बहुमूल्य सौन्दर्य बन्नपुग्छ ।

कोणधारी बहुसंख्यक रुखहरुको हरित सौन्दर्यका वीचमा सैयौँ चराचुरुङ्गी र बन्यजन्तुहरुको क्रीडा सौन्दर्य पनि थप रोचक बन्नपुग्छ। सहरी कोलाहल र मरुभूमि जस्तै कङ्क्रिटको अत्यास मेट्न र सैयौँ रुखहरुको हरियाली स्वच्छता रसस्वादन गर्न एकपटक पुग्नैपर्ने यात्रा गन्तव्य नै पञ्चासे हो । दक्षिण पश्चिमी भेगतर्फ फैलिएको पञ्चासे पहाडमा लाखौं हरियाली रुखहरुको सौन्दर्यले छर्ने अमिट हरियाली सौन्दर्य र पर्यावरणीय स्वच्छता नै पञ्चासे पहाडको मूल बिशेषता हो ।

पर्यावरणीय स्वच्छता र हरित सौन्दर्यता, स्वच्छता का सबालमा विश्वले नै नजर लगाईरहेको सन्दर्भमा पोखरा सहरको प्राकृतिक र पर्यावरणीय सौन्दर्यताको महिमा पहिचान बचाईराख्न थप मद्दत गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेदेखि सुरु हुने पञ्चासे सुनाखरी पदयात्रामा दाँयाबाँया घना वनजङ्गलको सजावटी प्राकृतिक सौन्दर्यता र पर्यावरणीय सौन्दर्यता नै पञ्चासे पदयात्राको बिशिस्टीकृत सौन्दर्य पक्ष नै हो। यात्रामा भेटिने थकान चौतारी र चौतारीमा सजाईएका बृक्षको सितलता छहारी पनि सुखद् प्राकृतिक आनन्दको पक्ष हो ।

यात्रासँगै घना जंगलको बिचमा हरित कार्पेट बिछ्याइएको सरि स्वर्गको टुक्राझैं प्राकृतिक रुपमा सिँगारिएका चहुरहरु पनि यात्रा आकर्षणका सबल पक्ष हुन्। हरित बगैंचासरि झाँगिएका बुट्यानहरुको स्वच्छ पावन सयर गर्दै यात्रा तय गर्दा बाटोमै झपक्कै सिँगारिएका लालीगुँरास, झलझल बत्तीझैँ सिँगारिएका सुनाखरी र अन्य पुष्प बनस्पतिहरु पनि यहाँका पर्यावरण सुन्दरताका कोटीहरु हुन् । शान्त पर्यटनको अभिन्न अंगका रुपमा मानिएको पञ्चासे यात्रामा हरियाली पहाडका बीचमा पर्ने सुन्दर मन्दिरहरु,गुम्वाहरु,मनेहरु र परम्परागत कुटीहरु पनि कम महत्वका पाटो भने हैनन्। पञ्चासे पदयात्राको उकालो चढ्दै गर्दा प्रकृतिले पस्केका जङ्गल र बुट्यान मात्रै हैन जंगलका बीचमा फैलिएका अनेकौं प्रजातिका हरित फलफूलका वृक्ष, बहुमुल्य फूलहरु, बहुमूल्य उन्युहरु पनि यहाँका कम सौन्दर्यका पक्ष भने हैनन् ।

असाधारण प्राकृतिक सौन्दर्यतामा बहुमुल्य सुनाखरीहरुको सौन्दर्यले पदयात्राको सम्झनालाई अझै अबिराम बनाईदिन्छ । शान्त पदयात्रा सयर गरिरहँदा मुसुक्क हाँसेका लालीगुँरास र बत्तीझैँ धपधप झिलीमिली स्वरुपमा फुलिरहेका सुनाखरीले पदयात्राको थकान बिर्साईदिन्छन् । पदयात्रामा घना जंगलमा रुखैपिच्छे झुन्डिएका सुनाखरीको सुन्दर दृश्य पनि अधिक रोचक र यादगार बन्नपुग्छ ।

बिशेषत पञ्चासे पहाडको मूल बिशेषता नै घना बनजङ्गल नै हो । प्रकृतिको निशुल्क उपहारका रुपमा पाईएका मानव जीवनका अस्तित्वका माध्यम रुखबिरुवाहरु र तिन्को हरित पर्यावरणीय सौन्दर्य नै पञ्चासेको मूल बिशेषता हो। डाडोको चारैतिर हरित पर्यावरणीय स्वच्छता नै आज यहाँको प्रकृतिको महिमा र उपहार बनेको छ। घना बनजङ्गलले घेरिएको हरित पहाड र हरित बनजङ्गलको पाकृतिक सुन्दरता नै आज पञ्चासेको मूल महिमा हो र पर्यावरणीय स्वच्छताको परिचायक नै हो ।

२. बहुमूल्य सुनाखरी
कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल पञ्चासे पारिस्थितिकीय प्रणाली तथा जैविक बिबिधताले भरिपूर्ण पर्यापर्यटकीय स्थल पनि हो।पञ्चासे क्षेत्रमा पाईने ६ सय थरिका बनस्पतिहरु मध्ये १ सय ४३ प्रजातिका विभिन्न आकर्षक सुनाखरीहरु पनि अभिलेख गरिएको छ। यी मध्ये odontochilus nandae /eria pokharensis पञ्चासे क्षेत्रमा मात्रै पाईन्छ ।

त्यसैगरी नेपालका बनस्पति सूचीमा ania penangiana,goodyera recurva,Herminium souliei,Neottia longicaulis,odontochilus elwesii/phreatia elegans गरि ६ प्रजातिका सुनाखरी सर्वप्रथम यसै क्षेत्रबाट थपिएका हुन्।यसरी बिश्वमा पञ्चासेमा मात्रै पाईने केही प्रजातिका सुनाखरी सहित नेपालमा पाईने अधिकांश पञ्चासे घना जंगलका बीचमा सुन्दर स्वरुपमा फुलेका सुनाखरीहरु यात्रा आकर्षणमा महत्त्वपूर्ण पर्याय पनि बनेका छन् । पञ्चासेको हरित सौन्दर्यतामा सुनाखरीहरुको सुन्दर संयोजन नै यात्राको रमणीय पक्ष हुन् । तसर्थ पञ्चासे सुनाखरीको राजधानी नै हो भन्ने कुरामा कुनै द्विबिधा नै छैन। पञ्चासे क्षेत्रमा समुन्द्र सतहबाट ९ सयदेखि २ हजार १ सय मिटरसम्म पाईने यी सुनाखरी प्रजाति रकचन,गुँरास र चिलाउनेका बोटहरुमा बैशाख देखि जेष्ठ महिनामा फुलेको देख्न पाईन्छ।

 

यसरी असाधारण प्राकृतिक सौन्दर्यतामा बहुमुल्य सुनाखरीहरुको सौन्दर्यले पदयात्राको सम्झनालाई अझै अबिराम बनाईदिन्छ । शान्त पदयात्रा सयर गरिरहँदा मुसुक्क हाँसेका लालीगुँरास र बत्तीझैँ धपधप झिलीमिली स्वरुपमा फुलिरहेका सुनाखरीले पदयात्राको थकान बिर्साईदिन्छन् । पदयात्रामा घना जंगलमा रुखैपिच्छे झुन्डिएका सुनाखरीको सुन्दर दृश्य पनि अधिक रोचक र यादगार बन्नपुग्छ ।

३. छत्रे उन्यु
पञ्चासे पदयात्रामा यात्राको क्रममा उन्यु प्रजाति अन्तर्गत पर्ने लोपोन्मुख प्रजाति छत्रे उन्यु पनि अबलोकन गर्न पईन्छ । उन्यु प्रजाति अन्तर्गत पञ्चासेमा धेरै प्रजातिहरु पाईएतापनि छत्रे उन्यु डाईनोसरका पालादेखिको बनस्पतिका रुपमा मानिन्छ । छत्रे उन्यु पाईने बनजङ्गललाई पर्यावरणीय दृश्टिले स्वच्छ जङ्गल पनि मानिन्छ । पञ्चासे यात्रामा छत्रे उन्युले प्राकृतिक गेटको स्वरुपमा मानव लस्करलाई स्वागत गरेको हुने गर्दछ। प्रकृतिको भूस्वर्गका रुपमा रहेको पञ्चासे पहाडको पर्यावरण सुन्दरतामा यहाँका सुनाखरीहरु र छत्रे उन्युहरु महत्त्वपूर्ण प्राकृतिक छटाका रुपमा र बिशेषताका रुपमा रहने गर्दछन् । शान्त पर्यटनको रसस्वादन गर्ने पर्यापर्यटन पारखीहरुका निम्ति पदमार्गमा देखिने रुखहरुमा फुलेका सुनाखरीहरुको दृश्यले मन अचम्मित बनाईदिन्छ र बाटोमा बिशाल खम्वामाथि मुना निकालेर फुलेका छत्रे उन्युले स्वागत गर्दा मानव मनको दुख पीडा बिर्साईदिन्छ । अौषधीय विशेषता समेत बोकेका छत्रे उन्युहरु मानव जीवन अस्तित्वसँग समेत जोडिएका बहुमुल्य बनस्पति ,जडिबुटी समेत हुन् ।

४. बन्यजन्तु र चराचुरुङ्गी
पञ्चासे पदयात्रामा जंगल परिभ्रमणका क्रममा सैयौँ चराचुरुङ्गी र बन्यजन्तुहरु सहज अबलोकन समेत गर्न पाईन्छ। खासगरी घना बनजङ्गल क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्र सैयौँ चराचुरुङ्गी र बन्यजन्तुहरुको वासस्थानस्थल पनि हो । यात्राका क्रममा हरित घाँसेमैदानहरुमा र पखेराहरुमा सुन्दर मृगहरु,सुन्दर कालिज जोडीहरु लगायतका बन्यजन्तु र चराहरुको सहज अबलोकन गर्न पाउँदा कस्को मन नरमाउला ररु स्वच्छ र शान्त हरियालीमा रमाईरहेका बन्यजन्तु हरुको बनक्रिडा देख्दा मान्छेले सबै दुख र दर्द भुल्ने गर्दछ । पदयात्रामा घना बासस्थानका वीच रमाईरहेका बन्यजन्तु देखिनु र अनेकौं चराहरुको दृश्य देख्न र सुसेली सुन्न पाईनु पनि पञ्चासे पदयात्राको मूल बिशेषता हो । वास्तवमै यहाँका जंगली बन्यजन्तु र चराचुरुङ्गी नै यहाँको यात्राका रोचक परिदृश्य र पदयात्राको रमणीय पक्ष समेत हुन् ।

पञ्चासे जंगल सफारी आफैँमा पर्यावरणीय स्वच्छताका हिसाबले महत्त्वपूर्ण थेरापी र स्वास्थ्योपचार पनि हो भन्न सकिन्छ । सहरि कोलाहलबाट उन्मुक्ति र पर्यापर्यटनको रसस्वादन र स्वच्छ पर्यावरणको आनन्दानुभूति नै पञ्चासे पदयात्राको मूल बिशेषता बन्नसक्छ।पर्यावरण र हरित जंगलको सामीप्यतामा सहज कैद गर्न सकिने बन्यजन्तु पञ्चासे यात्रा आकर्षणका महत्त्वपूर्ण आधार हुन् । बन्यजन्तु र चरा अध्ययन,अनुसन्धान र अबलोकन पनि पञ्चासे यात्राको महत्त्वपूर्ण उपलब्धि बन्न सक्नेमा कुनै द्विबिधा छैन ।

वास्तवमै प्रकृतिको भूस्वर्ग उपहारका रुपमा रहेको पञ्चासे पर्यापर्यटन परिभ्रमण, जल जंगल अबलोकन, बन्यजन्तु, चराचुरुङ्गी अबलोकन र अनुसन्धान र ग्रामीण पर्यापर्यटन अबलोकनका दृश्टिले पनि महत्त्वपूर्ण यात्रा गन्तव्य हो । पोखरा नजिकैको महत्त्वपूर्ण तीर्थयात्रा,प्राकृतिक पदयात्रा गन्तव्य पञ्चासे प्रकृति र पर्यावरण विचरण पारखीहरुका निम्ति अति महत्त्वपूर्ण प्राकृतिक भ्रमणस्थल पनि हो। लाखौं मानिसहरु बर्सेनि पञ्चासे सिद्धबाबाको दर्शन गर्ने उद्धेश्यले धार्मिक तीर्थाटनका निम्ति मात्रै हैन पर्यावरण अबलोकन र अनुसन्धान, अन्वेषणका निम्ति समेत आउँने गर्दछन् ।

पञ्चासे जंगल थेरापी कार्यक्रम आज पनि पञ्चासे पर्यावरण विचरण एबं जंगल सफारीको महत्त्वपूर्ण माध्यम बनीरहेको छ । हाईकिङ,ट्रेकिङ लगायत पदमार्ग पर्यटनका गतिविधिका लागि समेत परिचित भ्रमण गन्तव्य पञ्चासे जैबिक बिबिधता अबलोकन र अध्ययनको महत्त्वपूर्ण हब नै हो । हरित बनजङ्गलका बीचमा रंगीचंगी फुल्ने लालीगुँरास र सुनाखरीहरु नै यहाँका झलमल्ल प्राकृतिक बत्तीहरु हुन् जस्ले नै आज पञ्चासेलाई उज्यालो बनाईरहेका छन् वा संसारभर चिनाईरहेका छन् । आकर्षक प्राकृतिक झरनाहरु, स्वच्छ र कञ्चन पानी बगिरहने खोलाहरु पनि यहाँको यात्रा थकान बिर्साउने महत्त्वपूर्ण माध्यम समेत हुन् ।  संसारभर प्रकृति र पर्यावरणीय सौन्दर्यताको महत्त्व अझै झाँगिएर गईरहेको सन्दर्भमा पञ्चासे प्रकृतिको महत्त्वपूर्ण प्राकृतिक उपहारका रुपमा चिरपरिचित छ । सुन्दर ग्रामीण पर्यापर्यटन उपहारको रुपमा प्रकृतिका अलौकिक छटाहरुको रसस्वादन गर्दै, सुन्दर हरियाली जंगलमा जंगली बन्यजन्तुहरुको क्रीडा हेर्दै र वरपर सेताम्मै हाँसिरहेका हिमालहरुको दृश्याबलोकन गर्दै स्थानीय परम्परा ,भाषा,भेषभुषा बारे बुझ्दै परम्परागत होमस्टेहरुको आवास ग्रहण गर्न पाउँदा पञ्चासे यात्रामा निस्कनेहरु जीवनभर यो यात्रालाई बिर्सन्नन् । वास्तवमै जैबिक बिबिधता र पर्यावरणीय सुन्दरताको राजधानी समेत मानिने पञ्चासे भ्रमण एकपटकले पुग्दै पुग्दैन । जैबिक बिबिधता केन्द्र पञ्चासेमा आश्विन १ गतेदेखि सुरुवात हुने पञ्चासे पर्याबरण पदयात्रामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं ।

लेखक पञ्चासे ईको टुरिजम प्रालिका अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रवत्ता हुन्।

कमेन्टहरु
Loading...