पोखरा, २१ फागुन /प्रचण्ड निकट अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीले परिचयपत्र चोरीमा आफ्नो नेताको नाम मुछिनु सुनियोजित षड्यन्त्र भएको बताएको छ । क्याम्पस कमिटी अध्यक्ष त्रिदीप गुरुङले शुक्रबार एक विज्ञप्ती जारी गर्दैै क्रान्तिकारीका नेतालाई बद्नाम गर्ने उद्देश्यले षड्यन्त्र गरिएको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘यस प्रपञ्चको विरुद्ध हामी घोर भत्र्सना सहित भण्डाफोर गर्दै यस्ता कुप्रचार, गैरराजनीतिक हर्कत नगर्न चेतावनी दिन चाहन्छौं ।’ क्रान्तिकारीले विज्ञान संकाय प्रशासनको ताला फोडेर ३ सय बढी परिचयपत्र चोरी भएपछि छानवीनको माग राख्दै १६ गते तालाबन्दी गरेको थियो । क्याम्पस प्रशासनको तालाबन्दी खोल्ने प्रयास असफल भएपछि फागुन २५ गते निर्वाचत हुने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।
बिहीबार स्ववियु निर्वाचनको सम्बन्धमा क्याम्पस प्रशासनले बोलाएको बैठकमा संस्थागत धाँधलीको विषयबारे प्रशासनको स्पष्ट धारणा नआएको अध्यक्ष गुरुङले बताए । निर्वाचन समिति र सम्बन्धित विद्यार्थी संगठनको परामर्श बिना एकतर्फी मिति घोषणा भएपछि एमाले अखिल बाहेक सबै संगठनले असहमति जाहेर गरेका थिए । चुनाव सम्पन्न गर्न प्रतिकुल वातावरण बनेपछि प्रशासनले योजनाबद्ध तरिकाले क्रान्तिकारीका नेतालाई बद्नाम गर्न चोको विज्ञप्तीमा उल्लेख छ ।
क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विपिन आर्चायका अनुसार एमाले निकट क्याम्पस प्रमुखको मिलिमतोमा एमाले समर्थित सिमित कर्मचारीबाट सिलबन्दी गरिएका करिब ५ सय हाराहारीको विद्यार्थी परिचय पत्र गायब भएको थियो । उनले क्याम्पसको मिलिमताोमा अनेरास्ववियुले लगेर क्रान्तिकारीका नेता क्षितिज सापकोटाको डेरा नजिक फ्याँकेकोे आरोप लगाए ।