जिरो किलोमिटरमा खुल्यो सुविधासम्पन्न ‘गोल्डेन हाउस पार्टी प्यालेस’

पोखरा, २५ माघ/पोखरामा पछिल्लो पटक ‘पार्टी प्यालेस’हरु थपिँदै गएका छन् । पार्टी प्यालेस सँस्कार बढ्दै गएपछि व्यवसायीहरु यतातर्फ आकर्षित भएका हुन् । तथ्याङ्कअनुसार पोखरामा २५ भन्दा बढि पार्टी प्यालेसहरु संचालनमा छन् ।

यद्यपी अझै पनि पार्टी प्यालेस थपिने क्रम भने रोकिएको छैन । पार्टी प्यालेसको यहि भीडमा पछिल्लो पटक थपिएको अर्को पार्टी प्यालेस हो, गोल्डेन हाउस पार्टी प्यालेस । पोखरा जिरोकिलोमिटरमा खुलेको यो पार्टी प्यालेमा करिब साढे २ करोड रुपैयाँ लगानी रहेको यसका संचालकहरुले बताएका छन् ।

युवा व्यवसायीहरु प्रकाश मल्ल र नगेन्द्र सुबेदी मिलेर यो पार्टी प्यालेस संचालनमा ल्याएका हुन् । लामो समय यता पार्टी प्यालेस व्यवसायमा अनुभव बटुलेका यी दुई व्यवसायीले संचालनमा ल्याएको पार्टी प्यालेसमा दुईवटा सुविधासम्पन्न हल रहेका छन् । दुई हलमध्ये ठुलो तीनहजार सिट क्षमताका छ भने सानो २ सय सिट क्षमताको छ ।

६ रोपनी क्षेत्रफलमा रहेको यो पार्टी प्यालेसमा प्रशस्त पार्किङको समेत सुविधा रहेको संचालकले बताएका छन् । दुईवटै वातानुकुलित हल रहेको यो पार्टी प्यालेस पोखराको सबैभन्दा सुविधासम्पन्न रहेको संचालकहरु दाबी गर्छन् । ‘विदेश जानुभन्दा नेपालमै केहि गरौँ’ भन्ने योजनासहित आफुहरुले पार्टी प्यालेस व्यवसायमा लगानी गरेको संचालकहरुले बताए ।

कमेन्टहरु
Loading...