पोखरा, १६ माघ /सहारा क्लबद्वारा आयोजित १५ औं संस्करणको आहा ! रारा गोल्डक फुटवल प्रतियोगिताको रौनकलाई अझै बढाउनका लागि रेडियो बाराहीले सञ्चालन गरेको आहा ! रारा गोल्डकप विशेष कार्यक्रमको बम्पर पुरस्कार .कास्की घाचोक २ का बिष्णु.पोख्रेलले जितेका छन् ।
रेडियो बाराहीद्वारा १४ दिन सम्म सञ्चालित कार्यक्रममा एसएमएस भोट गरे मध्येका एक भाग्यमानि श्रोतालाई रेडियोले गोलाप्रथाद्वारा विजयी घोषित गरेको हो । रेडियोमा आइतबार आयोजित एक समारोहका विच प्राप्त एसएमएसबाट एउटा गोला थुतिएको हो । हिमश्री फुड्स प्रालिका निर्देशक प्रकास केसी र मुक्तिनाथ विकास बैक पोखरा प्रमुख बाबुराम ढकाल, रेडियो बाराहीका कायकारी निर्देशक रमेश पौडेल, स्टेशन म्यानेजर गोबिन्द सुबेदी, समाचार संयोजक प्रदिप पौडेल, खेलकुद संयोजक विनोद लामिछाने, आहा ! रारा विशेष कार्यक्रम संयोजक सुवास आचार्य लगायतको रोहवरमा गोलाप्रथाद्धारा भाग्यशाली नम्मर ९८६११८२८६५ छानीएको हो ।
रेडियोले हरेक दिन साँझ ७ देखि ८ बजे सम्म सञ्चालन गरेको कार्यक्रममा बम्पर पुरस्कारका लागि यसपटकको आहा ! रारा गोल्डकपको उपाधी कुन टिमले जित्ला भन्ने प्रश्न राखिएको थियो । मनाङ्ग मस्र्याङ्गदीले प्रतियोगिताको उपाधी जित्छ भनेर ८ हजार २ सय २९ जनाले सहि एसएमएस जवाफ पठाएका थिए । गोला प्रथा गर्दा तिनै मध्येबाट .. उक्त नम्मर ९८६११८२८६५का बिष्णु.पोख्रेललाई बम्पर पुरस्कार परेको हो । कार्यक्रममा १८ हजार ७ सय ५२ एसएमएस भोट प्राप्त भएको थियो ।
पुरस्कार विजेता पोख्रेलले नगद १० हजारका साथमा अन्य आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । विजेतालाई रेडियोले एक विशेष समारोह आयोजना गरेर पुरस्कृत गर्ने जनाएको छ कार्यक्रमा हिमश्री फुड्स प्रालिका निर्देशक प्रकास केसीले कार्यक्र्रमले श्रोताको मन जीतको हुदाँ यस्ता कार्यक्रलाई निरन्तरता दिन तयार रहेको वताए । मुक्तिनाथ विकास बैक पोखरा प्रमुख बाबुराम ढकाल खेल हेर्ने रङगशाला नगएपनि रेडीयो सुने पछि खेल हेरेकै अनुभुती भएको वताए ।
रेडियो बाराहीका कायकारी निर्देशक रमेश पौडेलले बिजेता लाई बधाई दिदै एस एमएस गर्ने र कार्यक्रमका प्रायोजकै कारण कार्यक्रम सफल भएको बताए । बम्पर पुरस्कार विजेता बिष्णु.पोख्रेलले आफुलाई बिजयी भएको फोन आउदाँ खुसीको सिमानै नभएको वताए ।
कार्यक्रमलाई मुक्तिनाथ विकास बैक,हिमश्री फुड्स प्रालि,पैयुपर्वत सुनचादी ,चिनु गुरुङ, रेम्वो चिल्डेन होम, कृष्ण सुनार, सागर निमार्ण सेवा, सुर्येदय क्याटरीङ पाटीप्यालेस, गरिमा विकास बैक, पारुहाङ सोलार मेटल, समुद« कन्स्ट्रक्सन,प्रियङका नुडल,सामुहीक सुनचादी गहना उद्योग प्राली,नेपाल पर्यटन बोड पोखरा,फेवा ट्याक्स कन्सलटेन्सी, सीता गुरुङ स्वस्तीका हस्तकला उद्योग पोखरा रेसीडेन्सी प्राली र ओम डेभलपमेन्ट बैकले बिषेश सहयोग गरेका थिए ।