समाजसेवी रघुनाथ पौडेलको निधन

पोखरा, २४ पुस /राप्रपा कास्कीका कोषाध्यक्ष रन्जना सेन पौडेलका ससुरा बुबा समाजसेवी रघुनाथ पौडेलको ८४ वर्षको उमेरमा शनिवार राति निधन भएको छ ।

पोखरा ११ फूलबारी निवासी पौडेल दम रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका तीन छोरा, दुई छोरी, तीन बुहारी, चार नाति, एक नातिनी रहेका छन् । उहाँको आइतबार स्थानीय रिठाघाटमा अन्त्येष्टि गरिएको छ । उक्त अवसरमा राप्रपाका केन्द्रीय सदस्यहरु लगायत राप्रपाका विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैबीच राप्रपा कास्कीका प्रवक्ता सूर्य बास्तोलाले एक विज्ञप्ति प्रकाशित गरी समाजसेवी स्व.पौडेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका कोषाध्यक्ष रन्जना सेन पौडेल लगायत उहाँको परिवारजनमा धैर्य धारण गर्न शक्ति मिलोस् भनि हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

यसैगरी राप्रपाका भातृ संगठन मिडिया नेपाल कास्की, राष्ट्रिय युवा मोर्चा, राष्ट्रिय युवक संगठन, क्षेत्रीय अध्यक्षहरु, नगर अध्यक्षहरुले समेत दुःखको यस घडीमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

कमेन्टहरु
Loading...