खेलकुद पत्रकार मंचलाई मुछेत्रको सहयोग

पोखरा, ३ पुष /गैर आवासिय नेपाली संघ युकेका अध्यक्ष मुछेत्र गुरुङ्गले नेपाल खेलकुद पत्रकार मंच कास्कीलाई नगद ५० हजार सहयोग गर्ने भएकाछन । खेलकुद पत्रकार मंच कास्कीले आयेजना गर्ने पोखरा स्र्पोटुस अर्वाडका लागि गुरुङ्गले मंचलाई ५० हजार सहयोग गर्ने भएका हुन ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीले गत वर्ष बाट सुरु गरेको पोखरा स्र्पोट्स अर्वाडलाई भव्यताका साथ सफल बनाउन सुरु गरेको अभियानलाई साथ दिंदै केही दिन अघि पोखरा आएका गुरुङ्गले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका हुन । सहारा कलवका सल्लाहकार समेत रहेका गुरुङ्ग यति बेला बेलायतमा नेपाली समाज घर निर्माणका लागि समेत व्यस्त रहेका छन ।

गुरुङ्गको यो सहयोगका लागि मंचको बैठकले हार्दिक धन्यबाद समेत व्यक्त गरेको छ । मंचका अध्यक्ष केशब पाठकको अध्यक्षतामा सम्पन्न बैठकले पुर्वाञ्चलमा पुष ८ गते देखि १५ गते सम्म आयोजनाहुने राष्ट्रिय खेलकुदका लागि मंचका तर्फ बाट मंचका कार्यसमिती द्वय नारायण शाही र शुरेन कुमार सुसिललाई पठाउने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...