होटलमा महिलाको हत्या भएको अवस्थामा सव फेला

भैरहवा, १८ कात्तिक /भैरहवा बसपार्कस्थित होटल गोरखा प्रिन्समा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । करिब ३० वर्षिया मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार महिलाको टाउकोमा धरिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

उक्त होटलमा मृतक महिलाको साथमा एक पुरुष समेत रहेको तर घटना पश्चात पुरुष फरार भएको प्रहरीको प्रराम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जानकारी दिएको छ ।

उनका अनुसार होटलको ग्राहक दर्ता अभिलेखमा मृतक महिलाको नाम रेखा सिन्हा र पुरुषको नाम राजेश सिन्हा उल्लेख छ भने दुवैको ठेगाना भारत बिहार राज्यको सिवान रामपुर उल्लेख रहेको छ । उनीहरु सेतो रंगको भारतीय नम्बरको स्कुटर लिएर आएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...