जिफान कास्की शाखा अध्यक्षमा जसु गुरुङ

पोखरा, २३ साउन/“सबैको मनभित्र गुरुङ चलचित्र” नाराका साथ क्रियाशील गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को शनिवार पोखरामा सम्पन्न प्रथम कास्की भेलाले चलचित्र निर्देशक, वरिष्ठ कोरियोग्राफर, कलाकार जसु गुरुङको अध्यक्षतामा १३ सदस्यीय गुरुङ कास्की शाखाको तदर्थ कार्यसमिति गठन गरेको छ ।

जिफान कास्की शाखा अध्यक्षमा जसु गुरुङ
जिफान कास्की शाखा अध्यक्षमा जसु गुरुङ

जिफानको देश विदेशमा शाखा विस्तारको क्रममा पाँचौं शाखाको रुपमा गठित कास्कीको उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा प्रतिमा गुरुङ, कोषाध्यक्षमा नरबहादुर गुरुङ र सदस्यहरुमा सोम गुरुङ, सन्तोष कोन्मे गुरुङ, विश्वास गुरुङ, गौतम गुरुङ, शरुण गुरुङ, रमेश गुरुङ, नेत्र गुरुङ, रोशनी गुरुङ र ताराकुमारी गुरुङ चयन हुनुभएको छ । यसरी नै सल्लाहकारहरुमा सीतादेवी गुरुङ, खुसबहादुर गुरुङ, भिम गुरुङ, एन वी गुरुङ(युवान) र केशबहादुर गुरुङ चयन हुनुभएको छ । गठित तदर्थ समिति ६ महिनाभित्र साधारणसभा सम्पन्न गरी पुर्ण समिति गठन गर्नुपर्ने जिफानको विधानमा व्यवस्था रहेको छ ।

नवनिर्वाचित कार्यसमिति र सल्लाहकारहरुलाई जिफानका केन्द्रीय अध्यक्ष बेदबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष जसु गुरुङले गुरुङ चलचित्रको विकास, चलचित्रकर्मीको एकता, हकहित र जिफान कास्कीको संस्थागत विकासका लागि आफु लगायत नवनिर्वाचित कार्यसमिति क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिफान कास्की शाखाको तदर्थ समिति गठनका लागि केन्द्रीय अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)को संयोजकत्वमा प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष माओत्से गुरुङ र सल्लाहकार कृष्णकुमार गुरुङ रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । अध्यक्ष मण्डलको तर्फबाट संयोजक बेदबहादुर गुरुङ(श्याम)ले शाखा गठनको आवाश्यकता र काम, कर्तव्य र अधिकारका बारेमा र सदस्य माओत्से गुरुङले जिफान गठनको उद्धेश्य र विगतका बारेमा प्रष्ट्याउनु भएको थियो भने कृष्णकुमार गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...