प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य मोतिसागर अधिकारीलाई मातृशोक परेको छ । उनकी आमा छलि अधिकारीको ६९ वर्षको उमेरमा सोमबार साँझ असामयिक निधन भएको हो ।
स्वर्गीय अधिकारीको अन्त्येष्टि आज ९मंगलबार० बिहान ८:३० बजे गरिने भएको छ । पोखरा–२५, हेम्जास्थित सुइखेतबाट शवयात्रा सुरु गरी मेलबोटस्थित सेतीनदी किनारको तुलसीघाटमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले दिए।