लोकदोहोरी व्यवसायी संघको सम्मेलनको तयारी

पोखरा, २१ साउन/लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघ पोखराको प्रथम जिल्ला सम्मेलन शनिबार पोखरामा हुँदैछ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।

सम्मेलनमा लोक तथा दोहोरी क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार राजाराम पौडेल र संस्कृतिविद् डा.कुशमाकर न्यौपानेलाई सम्मान गरिने सम्मेलन आयोजक समिति संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ११ वर्षसम्म निरन्तर एउटै दोहोरी साँझमा काम गर्ने रोशन गुरुङ, प्रेम बस्याल र रञ्जु बाँनियालाई सम्मान गरिनेछ ।

उक्त अवसरमा तनहुँका साजन आलेलाई शैक्षिक सामाग्री र एकजना मृगौला पीडितलाई आर्थिक सहयोग गरिने उनले बताए ।
सम्मेलनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । कास्कीमा सञ्चालित १७ वटा दोहोरी साँझ संघमा आवद्ध छन् । संघमा हरेक दोहोरी साँझबाट तीन–तीन जना प्रतिनिधि रहने बताइन्छ ।

कास्कीका दोहोरी साँझमा ६ सय ९० जनाले प्रत्यक्ष रोजगार पाएको अध्यक्ष सिम गुरुङले जानकारी दिए । उनका अनुसार कास्कीमा सञ्चालित दोहोरी साँझमा मात्र करिब ८ करोड ५० लाख रुपँैया लगानी भएको छ । वि.स. २०७० सालमा स्थापित संघको उद्देश्य लोक दोहोरीको संरक्षण, सम्वद्र्धन र विकास गर्ने लगायत रहेको छ ।

कमेन्टहरु
Loading...