माछापुच्छ«े एफ एमले १६ औँ छमछमी तीज गीत प्रतियोगिता गर्ने

पोखरा , १९ साउन/पोखराको पहिलो एफ एम माछापुच्छ«े एफ.एम ९१ मेगाहर्जले हरेक बर्ष जस्तै यस बर्ष पनि छमछमी तिज गित प्रतियोगिता गर्ने भएको छ । नेपाली नारीहरुको महान पर्व हरितलिका तिजको अवसर पारेर माछापुच्छ«े एफ.एम ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनको संयुक्त आयोजनामा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि १६ औ छमछमी तिज गित प्रतियोगिता गर्न लागिएको हो ।१६ औ छमछमी तिज गित प्रतियोगितालाई सब्य र भब्य रुपमा सम्पन्न गर्न तयारी तिब्र परिएको एफ एमले जनाएको छ ।

माछापुच्छ«े एफ.एमले विगत १५ वर्ष देखि संचालन गरिरहेको छमछमी तीज गित प्रतियोगिताको १६ औ संस्करणमा गोल्डेन आई टेलिभिजनसगँको सहकार्यमा प्रतियोगिता हुने एफ एमले जनाएको छ । प्रतियोगिता यहि भाद्र १५ गते वुधबार पोखरा उद्योग वाणिज्य सघंको सभाहलमा आयोजना गरिने बताईएको छ । नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा कला, संस्कृति र साहित्यलाई सरक्षण एवम् सम्वद्र्धन गर्ने उद्धेश्यले हरेक बर्ष जस्तै यस बर्ष पनि छमछमी तीज गित प्रतियोगिता गर्न लागिएको एफ.एमका प्रवन्ध निर्देशक देव क्षेत्रीले बताए । प्रतियोगितालाई सफल बनाउन अनिशा नेपालीको संयोजकत्वमा विभिन्न उपसमितिहरु पनि गठन भएका छन ।

तीज गित प्रतियोगिताको लागि निशुल्क फार्म खुल्ला भैसकेको र माछापुच्छ«े एफ.एम ९१ मेगाहर्जको टेलिफोन नम्बर ०६१ ५३२८९३ र ०६१५३२८८३ को माध्यमबाट पनि फर्म भर्न सकिने प्रचार प्रसार संयोजक कुष्ण आचार्यले जानाकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ५ सय ५५, द्धितिया हुनेलाई १० हजार ५ सय ५५, तृतीय हुनेले ५ हजार ५ सय ५५ र सान्त्वना हुनेले ३ हजार ५ सय ५५ रुपैया पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अनिशा नेपाली जानाकारी दिईन । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने भेषभुषा र नृत्यलाई पनि २÷२ हजार रुपैया पुरस्कार प्रदान गरिने एफ एमले जनाएको छ । प्रतियोगिताको माछापुच्छ«े एफ.एम ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने स्टेशन मेनेजर कन्चन थापाले जानकारी दिएकी छन् ।

कमेन्टहरु
Loading...