पोखरा, १६ साउन /पोखरामा रेन्टरटेनमेन्टको तेश्रो सिजनमा युवायुवती झुमेका छन् । शनिबार लेकसाइड स्थित ब्याञ्जन रेष्टुरेण्टमा युवायुवतिहरुको उल्लेख्य उपस्थितीका बिचभब्य रुपमा सम्पन्न भएको हो ।

जक्शन डटकमको प्रस्तुती र ओमइभेन्ट्सको व्यवस्थापनमा आयोजीत कार्यक्रममा पानीको शावर सँगै सहभागीहरु डिजे म्युजिकमा रमाएका थिए । जक्शन डटकमका अरुणगिरीले यो सिजनमापहिलेको भन्दा सहभागीहरुको संख्या बढेको जानकारी दिए । ‘हाम्रा अघिल्लासिजन समेत निकै भब्यताका साथ सम्पन्नभएको थियो, यो सिजनमा रेन्टरटेनमेन्टको क्रेज झनै बढेर गएको छ’उनले भने ।
यो इभेन्टलाई निरन्तरतादिने पनिउनले जनाए । यस्तै आयोजकएवंब्याञ्जन रेष्टुरेण्टका सञ्चालक वैभवपौडेलले रेन्टरटेनमेन्ट आफैमा एउटा ब्राण्डको रुपमा स्थापितभइसकेको बताए । यस्ता इभेन्टहरुले आन्तरीकमात्रै नभएर बाह्यपर्यटकहरुलाई समेत पोखरा आउनआकर्षित गर्ने उनको बुझाइ छ ।