पोखरामा श्रीमतीको हत्या गरी फरार व्यक्तिलाई रुपन्देहीबाट पक्राउ

पोखरा, २५ कात्तिक / श्रीमतीको हत्या गरि फरार भएका पोखराका एक व्यक्तिलाई कास्की प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । कात्तिक २२ गते पोखरा २७ रिठ्ठेपानीडाँडा स्थितमा घरमा डेरा गरी बस्ने बर्ष ३२ की सर्मिला घर्ती मगरलाई हत्या गरेको अभियोगमा प्रहरीले उनका श्रीमान दुर्गा बहादुर घर्तीलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता रविन्द्र गुरुङले जानकारी दिए ।

प्रहरीले घटनास्थल प्रकृति तथा शवको प्रकृति हेर्दा कर्तब्य गरी मारेको हुन सक्ने अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । श्रीमान् दुर्गा बहादुर घर्तीले २ छोरा र १ छोरी लिई फरार भएका थिए ।

घर्ती गुल्मि साबिक सिर्सेनी गाबिस वडा नम्बर ८ घर भई बिगत २ बर्ष देखि जिल्ला कास्की पोखरा २७ रिठेपानि स्थित घरमा डेरा गरी बस्दै बस्दै आएका थिए । उनी ग्रिल उद्योगमा काम गर्ने गरेका थिए ।

फरार रहेको घटनाको बारेमा थप अनुसन्धान गर्ने कास्की प्रहरी प्रहरी नायव उपरिक्षक रबिन्द्रमान गुरुङको कमाण्डमा ५ सदस्य अनुसन्धान टोलि गठन गरेका थियो । घर्तिलाई भैरहवा बसपार्कबाट रुपन्देही प्रहरीको सहयोगमा कात्तिक २३ गते पक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...