दोषिलाई कारवाही नगरे सम्म शव नबुझ्ने असिमका आफन्तको अडान

कृष्ण आचार्य / पोखरा १९ मंसिर। पोखरामा आइतबार ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । पोखराको चाइना पुलमा ट्रकको ठक्करबाट मोटरसाईकल चालक माझठाना ४ बित्यानी स्थायी घर भई हाल पोखरा खाल्टे मसिना बस्ने बर्ष १९ का असिम गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । आइतबार विहान ६ बजे बुद्धचोकबाट पृथ्बीचोक तर्फ आउदै गरेको ग १ ख ४३८५ नम्बरको ट्रकले सोहि दिशाबाट आउदै गरेको ग २ प १०६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा गम्भिर घाईते भएका गुरुङको उपचारको क्रममा विहानै गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।

दोषिलाई कारवाही नगरे सम्म शव नबुझ्ने  असिमका आफन्तको अडान
दोषिलाई कारवाही नगरे सम्म शव नबुझ्ने असिमका आफन्तको अडान

आफन्तले दिएको जानकारी अनुसार मृतक गुरुङ पोखरा युनाइटेडमा कक्षा १२ मा अध्ययनरत थिए । बिहान कलेज आउदै गर्दा उनि दुर्घटनामा परेका हुन् । दुर्घटनामा मोटरसाईकल पछाडि बस्ने रोशन गुरुङ घाइते भएका छन् ।ठक्कर दिने ट्रक र सवारी धनिलाई नियन्त्रणमा लिएपनि चालक अझै फरार रहेको प्रहरीले जनाएको छ ।खोटाङ घर भएका ट्रक चालक हेम मगरको खोजि भइरहेको प्रहरीले बताएको छ । मृतकको गुरुङको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

यसैबिच, ट्रकको ठक्करबाट मृत्यु भएका असिमका परिवार र आफन्तले दोषिलाई कारवाही नगरे सम्म शव नबुझ्ने अडान लिएका छन् ।दोषिलाई प्रहरीले पक्रन नसकेको भन्दै आफन्तहरु आक्रोशित बनेका हुन् ।मृतकका आफन्तले दोषिलाइ कारबाही हुनुपर्ने माग सहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दर्ता गरेका छन् । उनिहरुले दो

षिलाइ तत्काल नियन्त्रणमा लिएर कारवाही गरि क्षतिपुर्ति दिनुपर्ने माग पनि गरेका छन् ।दोषिलाइ नियन्त्रणमा लिएर तत्काल कारबाही अगाडी नबढाईए आफुहरु कडा आन्दोलनमा उत्रने आफन्त बैन बहादुर गुरुङले बताए ।

कमेन्टहरु
Loading...