बागमारामा ९ घर चोरी गर्ने एक जना पक्राउ

पोखरा, ८ असोज/जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका बडा नम्बर २१ बागमारामा चोरीमा

संलग्नलाई प्रक्राउ गरेको छ । भदौ ३ गते रातको समयमा ९ बटा घर कोठा फोरी चोरी गर्नेलाई कास्की प्रहरीले

काठमाडौबाट प्रक्राउ गरेको हो । घटनामा सग्लन चोरी गर्ने ब्यक्तिहरुको अनुसन्धान गर्ने क्रममा मकवानपुर

ईन्द्रसरोबर गाउँ पालिका बडा नम्बर ५ घर भई हाल जिल्ला काठमाण्डौ १० गर्जुधार बस्ने बर्ष २६ को बिमल

दोङ्ग लामालाई प्रक्राउ गरेको हो । लामालाई पक्राउ गरी कास्की कार्यालयमा ल्याई चोरी मुद्धामा म्याद थप

अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

लामालाई सोधपुछ गर्दै जाँदा उक्त घटनामा उदयपुर वेलटार घर भई हाल ललितपुर बस्ने बर्ष ४५ को सागर राई

संग्लन रहेको भन्ने खुल्न आएको र निज सागर राईको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...