गुरुङद्धारा लिखित अंग्रेजी—गुरुङ—नेपाली त्रिभाषिक शब्दकोष विमोचन

पोखरा, ११ फागुन/पुर्व सिंगापुर इन्पेक्टर खेमबहादुर गुरुङद्धारा लिखित तथा सम्पादित त्रिभाषिक शब्दकोष शुक्रवार पोखरामा विमोचन गरिएको छ। अंग्रेजी—गुरुङ—नेपाली भाषाको शब्दकोष शिक्षाविद, पुर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङले विमोचन गर्नुभएको हो।

तमु धिं नेपालको आयोजनामा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद गुरुङले त्रिभाषिक शब्दकोष प्रकाशन गुरुङ समुदायका लागि योगदान हो भन्नुहुदै लेखकको योगदान अमर रहने बताउनुभयो। गुरुङ भाषा, कला, साहित्य र समुदायका लागि घान्द्रुकका गुरुङ अग्रजहरुको महत्वपुर्ण योगदानमा अर्को घान्द्रुके शब्दकोष लेखक इन्पेक्टर खेमबहादुर गुरुङले थप इटा थपेको बताउनुभयो। लेखक कठिन हुन्छ, शब्दकोष लेखन झनै कठिन परिश्रमबाट प्रकाशनले लोप हुदै गएको गुरुङ भाषाको संरक्षण र विकासका टेवा पुर्याउने उहाँको भनाई थियो।

त्रिभाषिक शब्दकोष लेखक इन्पेक्टर खेमबहादुर गुरुङले लोप हुदै गएको गुरुङ भाषाको संरक्षणमा केही भए पनि टेवा पुर्याउन र गुरुङ भाषा आउदो पुस्तालाई हस्तान्तरण गर्न समेत सघाउन होस भनि त्रिभाषिक शब्दकोष प्रकाशन गरेको बताउनुभयो। शब्दकोष प्रकाशनका लागि निकै कठिनाइ भोग्नु र परिश्रम गर्नु परे पनि गुरुङ भाषा, धर्म, सँस्कृति संरक्षणका लागि आफु आगामी दिनमा पनि जुटिरहने उहाँको भनाइृ थियो। शब्दकोष प्रकाशनका लागि सहयोग पुर्याउने, हौसला प्रदान गर्ने संघ संस्था एवं महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै भाषा जातिको पहिचान भएकाले भाषा संरक्षणमा सबैलको सक्दो पहलको आग्रह गर्नुभयो।

शुभकामना व्यक्त गर्नुहुदै साहरा युकेका नवनिर्वाचित अध्यक्ष लेखक इन्पेक्टर गुरुङले गुरुङ समुदाय मात्रै होइन भाषा संरक्षण र विकासका लागि अमुल्य उपहार प्रदान गरेको बताउनुभयो। विदेशमा रहेका गुरुङ बाबु नानीहरु अंग्रेजी भाषा मात्रै प्रयोग गर्दै आएकाहरुलाई आफ्नो मातृभाषा गुरुङ र नेपाली भाषा सिक्नका लागि शब्दकोष फलदायी हुने उहाँको भनाइ थियो।

कमेन्टहरु
Loading...