पोखरामा सडकमा ढलेका एक व्यक्तिको मृत्यु

पोखरा, ५ जेठ/पोखरा महानगरपालिका १० चाइनापुल नजिक रंगशाला गेट अगाडी ढलेका एक व्यक्तिको मृत्यु भएको छ ।

शनिबार पोखरा महानरपालिका वडा नम्बर १० चाईनापुल नजिकै रंगशाला गेट अगाडी ४५ बर्षिय आश बहादुर स्याङताङ तामाङ बेहोष अवस्थामा भेटिएका थिए ।

बेहोष अवस्थामा भेटिएका उनलाई उपचारको लागि पोखरा अस्पताल लगेकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको सव पोष्टमार्टका लागि पश्चिमाञ्चल अस्पतालमा राखीको छ ।

कमेन्टहरु
Loading...