युट्युबमा हिट नेपाली फिल्मका १० गीत

काठमाडौं, ९ पुष /नेपाली फिल्म वडा नम्बर ६ को ‘सुर्केथैली खै’ गीत नेपाली जानजुब्रोमा जति लोकप्रिय छ, त्यो भन्दा बढी यो गीत युट्युबमा हिट भइरहेको छ । लामो समयदेखि युट्युबमा हिट १० गीतको एक नम्बरमा ‘सुर्केथैली खै’ रहिरहेको छ ।

यो गीतको हिटिङ रेट अझै बढ्दो क्रममा छ । बिहीबार युट्युबमा यो गीत हेर्नेको संख्या एक करोड ७४ लाख ५ हजार २ सय ५८ रेकर्ड भएको छ । सुर्केथैली पछ्याउँदै छक्कापञ्जा फिल्मको गीत ‘पूर्वपश्चिम रेल’ उत्कृष्ट १० को दास्रो स्थानमा छ । हालै ठूलो पर्दाको हलमा सयदिने प्रदर्शनको खुशी छक्कापञ्जाले मनाइसकेको छ ।

आजको नागरिक दैनिकमा समाचार छ । वडा नम्बर ६ को गीत भन्दा धेरै पछि युट्युबमा पसेको यो गीत हेर्नेको संख्या एक करोड निकट पुग्दै छ । बिहीबारसम्म यो गीत हेर्नेको संख्या ८५ लाख ६४ हजार ३ सय ९ पुगेको छ ।

युट्युबमा हिट १० गीत
1 सुर्केथैली खै (वडा नम्बर ६)
2 पूर्वपश्चिम रेल (छक्कापञ्जा)
3 शिरैमा शिरबन्दी (हाउफन्नी)
4 निर जहिले रिसाउने (पुरानो डुंगा)
5 कम्मरमाथि पटुकी (नाइ नभन्नु ल ३)
6 म यस्तो गीत गाउँछु (प्रेमगीत)
7 कुरा खाँटी छ (परदेशी)
8 ठमेल बजार (लुट २)
9 फिगर कोकाकोला (अधकट्टी)
10 मैना राजा मैना रानी (नाइ नभन्नु ल ४)

कमेन्टहरु
Loading...