‘मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’ पोखरामा शुभारम्भ

पोखरा, २ फागुन/ अन्तराष्ट्रिय मापदण्डको हस्पिटालिटी ट्रेनिङ उपलब्ध गराउने लक्ष्य सहितपोखरामा ‘मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’ संचालनमाआएको छ । हस्पिटालिटी क्षेत्रमा देखिएको जनशक्तिअभावलाई पुर्ती गर्ने लक्ष्यसहितयो ट्रेनिङ सेन्टर संचालनमाल्याईएको यसका संचालकले बताएका छन् ।

करिब १ करोडको लगानीमा यो इन्स्टिच्यूट संचालनमाआएको हो । इन्स्टिच्यूट संचालनमा आए पनि पहिलो इन्टेकका कक्षाहरु मार्च १ देखि शुरु हुने कम्पनीले जनाएको छ । हस्पिटालिटी क्षेत्रमा देखिएको दक्षजनशक्तिअभाव यो इन्स्टिच्यूटले पुर्ती गर्ने कम्पनीका संचालक राजमान थकालीको विश्वास छ ।

‘पोखरा हस्पिटालिटीका लागि नेपालकै केन्द्र हो भन्दा फरक पर्दैन । तर पनियहाँ हस्पिटालिटी क्षेत्रसँग सम्बन्धितदक्षजनशक्तिअभाव छ । र, त्यहिअभावलाई पुर्ती गर्ने र स्थानिय युवापुस्तालाई अन्तराष्ट्रियस्तरमै बिक्न सक्ने गरि दक्षबनाउने हाम्रो चाहनाहो ।’ मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटीको उद्घाटनको क्रममाथकालीले भने–‘त्यसैले अन्तराष्ट्रियस्तरकै पुर्वाधार र प्रशिक्षकहरुबाट हामीले उनीहरुलाई सिकाउनेछौँ ।’

कुलिनरी आर्टस् (कुकरी) र बेकरीको अन्तराष्ट्रिस्तरको तालिमदिईने कम्पनीले जनाएको छ । फाउन्डेशन, डिप्लोमा र एड्भान्स डिप्लोमा गरितीनतहमाकक्षाहरु संचालनहुने संचालकले बताए । नेपालकै पहिलो सेफ नरहरी अधिकारी इन्स्टिच्यूटका प्रमुखप्रशिक्षकहुन् ।

‘मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’यूकेको ‘सिटी एण्ड गिल्ड’बाट सम्बन्धनप्राप्त ट्रेनिङ सेन्टर हो । ‘सिटी एण्ड गिल्ड’ क्विनएलिजाबेथको नेतृत्वमा रहेको गैरनाफामुलक संस्थाहो । जसले विश्वभर विभिन्नप्राविधिकशिक्षाहरु दिँदै आएको छ । संसारका धेरै मुलुकमा यो संस्थाको शाखाहरु संचालनमा छन् । यो संस्थाले थुप्रै प्राविधिकविषयमा सर्वसाधारणलाई प्रशिक्षण गर्दै आएको छ । र, यस संस्थाबाट प्रशिक्षण लिएकादक्षजनशक्तिविश्वबजारमा अब्बल मानिन्छन् ।

इन्स्टिच्यूटबाट प्रशिक्षण लिईसकेपछि प्रशिक्षार्थीहरुले यूकेबाट सर्टिफिकेट पाउनेछन् । र, सोही सर्टिफिकेटका आधारमा उनीहरुलाई एकबर्षे इन्टर्नशिपकालागिविदेश जानपाउने अवसर पनि रहेको छ । ‘यहाँतालिमलिईसकेपछि विद्यार्थीहरु सोझै काम गर्न सक्ने गरि तयार हुन्छन् । र, नेपालमै एक बर्षसम्म काम गरिसकेपछि अर्को बर्ष इन्टर्नशिपकालागि अष्ट्रेलियाजान सक्छन् ।’ संचालक राजमानथकालीले भने–‘यद्यपि यो अवसर भने विद्यार्थीको दक्षतामापनि भर पर्छ । र, इन्स्टिच्यूटले नै उनीहरुलाई इन्टर्नशिपकालागि सहजीकरण गरिदिन्छ ।’

कुलिनरी आर्टस् र बेकरी सम्बन्धि डिप्लोमा कोर्ष करिब ६ महिनाअवधीको हुनेछ । त्यस्तै एड्भान्स डिप्लोमा कोर्ष करिब ९ महिनाको हुनेछ । एउटा इन्टेकमाविद्यार्थीहरुलाई दुई सिफ्ट गरेर प्रशिक्षण दिईने इन्स्टिच्यूटले जनाएको छ । इन्स्टिच्यूटका अनुसार एउटा इन्टेकमा २४ जना विद्यार्थीहरु अध्ययन गर्नेछन् ।

कमेन्टहरु
Loading...