डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ७ घाइते

डोटी, २१ साउन /डोटीको दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि जादै गरेको जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ ।

शुक्रबार राति १० बजे बोगटान गाउँपालिका–६ गगुडामा दुर्घटना भएको हो । शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् भने चारजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

जीप कच्ची सडकबाट झण्डै साढे चार सय मिटर तल खसेको छ । निरन्तर पानी परेको र कच्ची सडक भएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

कमेन्टहरु
Loading...