केशब घिमिरेले लिएर आए मेयरको सालो (भिडियो)

महिला हरु को महान चाड हरितालिका तिज को अवसर मा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले ‘मेयरको सालो’ बोलको गित लिएर आएका छन।

चन्दन डिजिटल म्युजिक प्रालिको प्रस्तुति रहेको गितमा केशव घिमिरे को शब्द, लय, स्वर रहेको छ । त्यस्तै महिला स्वरमा बसन्ती थापा मगर रहेकी छिन् । गणेश सापकोटा को छायांकन, केशब घिमिरेको परिकल्पना निर्देशन, सुबाश अम्गाइको सम्पादन तथा फलानो क्रियसनको दृश्य निर्माण रहेको छ। यो गितको भिडियोलाई चन्दन म्युजिकको युटुब च्यानल मार्फत हेर्न सकिन्छ।

तिज यसै पनि मनमा लागेका कुरा दुःख बेदना पोख्ने चाड भएकाले देशमा अहिले भैरहेको राजनीतिक परिदृश्य ,विभिन्न ठाउमा आफ्ना आफन्तलाई पहुचको भरमा पद दिने ,घर गाडी सम्पति जोडने,आफ्नो मान्छे नेता हुदा के के सम्म गरिन्छ भन्ने कुरा व्यंग्य गर्दै गित तथा भिडियो मार्फत देखाइएको छ । एउटा पात्र खडा गरेर उसकै वरिपरि कथा घुमाइइएको यो गित काल्पनिक भए पनि बास्तबिकता झल्किएको महसुस गरिन्छ।

केशव घिमिरे,दिपक पोखरेल ,मेनका रानाभाट पौडेल ,मिलन दुलाल, सन्तोष पौडेल मुन्द्रेमान श्रेष्ठ, निर्मला अर्याल ,कमल सुनार,राज आचार्य लगायत कलाकारको अभिनय यो गितको भिडियोमा देख्न सकिन्छ।

पर्बत को कार्कीनेटा मा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन भने बिगत २० बर्ष देखि पोखरामा नै बसेर साङीतिक क्षेत्र र ब्यबसायमा निरन्तर लागिरहेका छन।
करिब २०० जति गीत बजार मा ल्याइसकेको घिमिरे बताउँछन् ।

कमेन्टहरु
Loading...