एमाले संसदीय दलको नेतामा ओली विजयी, खनाल २३ मतले पराजीत

काठमाडौं, २१ माघ/नेकपा एमाले संसदीयको नेतामा नेता केपी ओली विजयी भएका छन् । ओलीले खनाललाई २३ मतले पछि पर्दै विजयी बनेका हुन् । सहमति कायम गर्न नसकेपछि संसदीय दलमा भएको मतदानमा नेता केपी शर्मा ओली ९८ मत पाएर विजयी भएका छन् । १ सय ७५ सभासदमध्ये नेता खनाललाई ७५ सभासदले मत दिएका छन् ।

केपी ओली
केपी ओली

एमालेको १ सय ७५ सिट रहेकामा माधवकुमार नेपाल र वामदेव गौतम दुई क्षेत्रमा विजयी भएकाले १ सय ७३ मत खसेका थिए । लामो समय छलफलबाट सहमतिको प्रयास गर्दा पनि असफल भएपछि मंगलबार मतदान भएको थियो । मतदान सकिएको १५ मिनेट भित्रै परिणाम बाहिर आएको थियो ।

कमेन्टहरु
Loading...