एमालेले फ्रि स्टाइलले चुनाब लड्छ – अध्यक्ष ओली

पोखरा, १६ भदौ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले फ्रि स्टाइलले चुनाब लड्न तयार रहेको बताएका छन् । नेकपा एमालेको प्रदेश संगठन कमिटी, प्रदेश नम्बर ४ ले आयोजना पार्टी प्रबेश कार्यक्रममा ओलीले अन्य पार्टीहरु जति सुर्कै मिलेर आएपनि एमाले एक्लै लड्न तयार रहेको बताए ।

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोगले पक्षपात गरेको आरोप लगाए । उनले एमालेको कार्यक्रममा ढुङ्गा, मुढा गरेको नदेख्ने आयोगले एमालेले टोपी लगाउदा देखेको बताए । ‘एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले चिन्ह अंकित टोपी लगाउदा २४ घण्टे अल्टिमेटमा दिने,’ उनले भने—‘एमालेको कार्यक्रममा ढुङ्गा, मुढा गर्दा आचार सहिता लागेको आयोगले नदेख्ने ?’

उनले एमालेलाई कसैले पनि दोस्रो पार्टी बनाउन नसक्ने बताए । उनले प्रदेश नम्बर दुइमा एमालेलाई दोस्रो पार्टी बनाएर देखाउन चुनौती दिए । उनले तराईमा जनताका लागि विकासको काम गरेको बताउदै जनताले एमालेलाई जिताउने बताए । उलने सरकारले जथाभावी रुपमा स्थानीय निकाय थप गरेको आरोप लगाए । कार्यक्रममा विभिन्न पार्टीबाट प्रबेश गरेका लागि ओलीले स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...