पोखरामा वडा नम्बर १३ मा करिब २ लाखको चोरी

पोखरा, २४ फागुन /पोखरामा महानगरपालिका एक पछि अर्को वडा कार्यालयमा चोरी हुने क्रम रोएको छैन । केही दिन पहिलो पोखरा ५ को वडा कार्यालयमा चोरी भएको थियो भने फेरी अहिले पोखरा १३ को वडा कार्यालयमा चोरी भएको छ ।

पोखरामा महानगरपालिका वडा नम्बर १३ कार्यालयमा बिहीबार राती करीब चोरी भएको छ । कार्यालयलाई करीब २ लाख बराबरको क्षति भएको छ ।

चोरले ४ वटा मनिटर, २ वटा सिपियू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरेको प्रहरीको भनाई छ ।

बिहीबार राती वडा कार्यालयमा चोरी गर्न आएका चोरहरुले सीसी क्यामेरा डिस्कनेक्ट चोरी गरेको प्रहरीको भनाई छ । यस अघि पोखरा ५, १४ लगाएतका वडा कार्यालयमा चोरी भएको थियो ।

चोरको टार्गेटमा वडा कार्यालय, वडा कार्यालय ५ मा चोरी

पोखराको रामबजारमा ७ तोला सुन र नगद १ लाख चोरी

कमेन्टहरु
Loading...