चोरको टार्गेटमा वडा कार्यालय, वडा कार्यालय ५ मा चोरी

गन्थन डटकम
पोखरा, १० माघ/पोखरा महानगरपालिका वडा नम्बर ५ कार्यालयमा गए राती चोरी भएको छ । कार्यालयबाट १ थान प्राविधिकले प्रयोग गर्ने ल्यापटप, ४ थान डेस्कटप, २ थान सिपियू चोरी भएको वडाध्यक्ष धन बहादुर नेपालीले जानकारी दिए ।

यसअघि वडा नम्बर १२, २९ र १४ कार्यालयमा पनि चोरी भएको थियो । यसले गर्दा पोखरा महानगरपालिकाका ३३ वडामा चोरी हुने होकि भन्ने शंका उत्पन्न भएको उनले बताए । ‘यो निकै दुःखद घटना हो,’ उनले भने, ‘यसले महानगरपालिकाका अरु वडाहरुमा पनि चोरी हुन्छ कि भन्ने शंका उत्पन्न गराएको छ ।’

सामान्य चोर भन्दा पनि व्यवसायिक चोरहरु नै यसमा संलग्न रहेको उनको भनाई छ । ‘सामान्य चेरले यस्तो घटना घटाउँन सक्दैन,’ उनले भने, ‘यसमा व्यवसायिक चोरहरुको नै संलग्नता छ ।’

चोरको फुटेज सिसिटिभी क्यामेराले कैद गरेको साथै पहिचान हुन मात्र बाँकि रहेको उनले सुनाए । ‘चोरको फुटेज हामीसँग छ,’ उनले भने, ‘पहिचान हुँन बाँकि छ । प्रहरी साथीहरु लागि रहनु भएको छ । चोर पक्राउ गर्नेलाई हामीले पुरस्कृत नै गर्ने भनेका छौं ।’ चोरलाई पक्राउ गरेर छिट्टै काुननी दायरामा ल्याउँने उनको दाबी छ ।

कमेन्टहरु
Loading...