पोखरा -भक्तपुर सिधा पर्यटक बस सेवा सञ्चालनमा

पोखरा, २१ भदौ /पर्यटकीय सहर पोखरा र भक्तपुरलाई सिधा जोड्ने हिसाबले पर्यटक बस सञ्चालनमा आउएको छ । तहल्का ट्राभल्स एण्ड टुर्सले केही दिन पहिले देखि पोखरा भक्तपुर बस सञ्चालनमा आउने टुर्सका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले जानकारी दिए ।

उनले पोखरा र भक्तपुरका दुई पर्यटकीय सहरलाई जोड्ने उद्देश्यले बस सेवा सुरु गरेको बताए । ‘पोखरा पर्यटन बस पार्कबाट काठमाडौ, भक्तपुरको सूर्य विनायक पुग्ने उनले जाकारी दिए । उनले भक्तपुरको सूर्य विनायकबाट, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर सुन्धारा, कालीमाटी, कलंकी हुँदै पोखरा आउने बताए ।

एसीयुक्त गाडीमा फ्रि वाईफाईको समेत व्यवस्था भएको अर्का सञ्चालक प्रकास राज रेग्मीले जानकारी दिए । उनले करिब १ करोड ६० लाखको लागतमा बस ल्याएको बताए । टुर्सले सम्पर्कका लागि भक्तपुरको सूर्यविनायक, पोखराको लेकसाईड, काठमाडौंको सोह्रखुट्टेमा सम्पर्क कार्यलय स्थापना गरेको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...