सेलवेज टावर पुर्ण रुपमा संचालनमा आउने, बुधबार उद्घाटन

पोखरा, ३० पुस /सेलवेज सुपरमार्केटको नयाँ शाखा पोखराको चिप्लेढुंगामा बुधबारदेखि विधिवत शुरुवात हुने भएको छ । २२ वर्षदेखि पोखरामा संचालनमा आएको सेलवेज सुपरमार्केट आफ्नै भवनमा परिस्कृत रुप सहित चिप्लेढुंगामा संचालनमा लागेको हो । बुधबार एक विशेष कार्यक्रमका बिच जेष्ठ नागरिक तथा सँस्कृतिकर्मी सर्वज्ञमान प्रधानाङ्गले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानाङ्ग विक्रम सम्बत २०१५ का पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं सेलवेजका संचालक सुशिलमान प्रधानाङ्गका हजुरबुवा हुन् ।

पुरानो स्थानको सेलवेज स्टोर पनि यथावत संचालन हुने संचालकको दाबी छ । दैनिक उपभोग्य खाद्यान्नको मात्रै विक्रिवितरण गर्दै आएको सेलवेजले ‘सेलवेज टावर’ मार्फत अन्य वस्तुको समेत विक्रिवितरण गर्ने जानकारी दिएको छ । सेलवेज टावरको ग्राउण्ड फ्लोरमा खाद्यान्न सामाग्री राखिएको छ ।

सेलवेज टावर पुर्ण रुपमा संचालनमा आउने
सेलवेज टावर पुर्ण रुपमा संचालनमा आउने

विश्वविख्यात र ब्राण्डेड सामाग्रीहरु विक्रिवितरण गर्ने दाबी गरेको सेलवेजले पहिलो तल्लामा विद्युतिय समाग्री, दोस्रो तल्लामा महिला पहिरन,कस्मेटिक्स र ऋंगार सामाग्रीहरु राखेको छ । त्यस्तै तेस्रो तल्लामा पुरुषहरुका लागि पहिरनहरु, र चौथो तल्लामा बालबालिकाको लागि आवश्यक सम्पुर्ण सामाग्रीहरु राखेको छ । नवनिर्मित भवनको पाँचौ तल्लामा भने सेलवेजले रेस्टुरेन्ट संचालनमा ल्याएको छ । पोखरा भ्यू रेस्टुरेन्ट नाम दिएर सेलवेजले अन्तराष्ट्रियस्तरको रेस्टुरेन्ट संचालनमा ल्याएको हो ।

चिप्लेढुंगास्थित यो भवन पोखराकै स्तरिय र विशिष्ट शपिङ केन्द्र भएको संचालक प्रधानाङ्गले दाबी गरे । पछिल्लो क्रम पोखरामा व्यवसायिक मल बन्ने क्रम वृद्धिसंगै सेलवेजको व्यापारमा केहि कमी आएको थियो । आफ्नो व्यापारलाई अन्य डिपार्टमेन्टल स्टोर्ससंग प्रतिस्पर्धी बनाउन पनि आफुले नयाँ अवधारणा सहित सेलवेजलाई विस्तार गरेको संचालक सुशिल प्रधानाङ्गले जानकारी दिए । २०४९ सालदेखि पोखराको चिप्लेढुंगाबाट व्यापार शुरुवात गरेको सेलवेजले काठमाण्डौ पुलचोक, महाराजगंज, ललितपुरबाट पनि विक्रिवितरण गर्दै आएको छ । केहि महिनाभित्रै ललितपुर सातदोबाटो र पोखरा लेकसाईडमा समेत शाखा विस्तार गर्ने प्रधानाङ्गले बताए ।

सेलवेजका विभिन्न स्टोर्सहरुमा हालसम्म १ अर्ब भन्दा बढि लगानी भएको संचालकले बताएका छन् । हाल सेलवेजमा ४ सय ५० जनाले रोजगारी पाईरहेका छन् । अन्य शाखा विस्तारसंगै यो कम्पनीले रोजगारीको संख्या ८ सय पु¥याउने लक्ष्य राखेको छ । कम्पनीले सम्पुर्ण शाखाको एकमुस्ट कर वार्षिक १ करोड रुपैँया बराबर तिर्दै आएको दाबी गरेको छ ।

कमेन्टहरु
Loading...