राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि पश्चिमाञ्चल टीम छनौट

पोखरा, २५ पुस। प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीपअन्तर्गत यही पुस २७ देखि माघ १ गतेसम्म पोखरामा सञ्चालन हुने १८ औं राष्ट्रिय महिला भलिबल तथा पुस ३० देखि माघ १ गतेसम्म नवलपरासीमा सञ्चालन हुने २८ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको लागि पश्चिमाञ्चल टीम छनौट गरिएको छ।
छनौट खेलमा कास्की जिल्लाका खेलाडी मात्र सहभागी भएकोले टीममा सबै खेलाडी कास्की जिल्लाकै रहेका छन्। नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ, सचिव रामनाथ भण्डारी, केन्द्रीय सदस्य डीबी नेपाली, वरिष्ठ भलिबल प्रशिक्षक कौशिला खत्री, राष्ट्रिय खेलाडी टहलसिंह थापामगरसहितको पाँच सदस्यीय छनौट समितिले मञ्जु गुरुङ (ओपन स्पाइकर) को नेतृत्वमा १२ जना खेलाडी छनौट गरेको हो।pokhara Volleyball west woman tem

छनौट हुने अन्य खेलाडीमा सिपोरा गुरुङ (ओपन स्पाइकर), परीक्षा गुरुङ (ओपन स्पाइकर), अरुणा शाही (अलराउण्डर), खुसी खड्का (क्वीकर), मनिषा चौधरी (क्वीकर), सुक्रिया गुरुङ (लिÇटर), मान्ती आले (लिब्रो), विमला चौधरी (अलराउण्डर), शशी चौधरी (लिÇटर, पुष्पा चौधरी (क्वीकर) र गीता थापा (ओपन स्पाइकर) रहेका छन्।उनीहरूलाई दुई हप्तादेखि वरिष्ठ प्रशिक्षक कौशिला खत्री र पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका सहायक प्रशिक्षक टहलसिंह थापामगरले टप्स उमाविको खेलमैदान र पोखरा रड्डशालामा प्रशिक्षण दिएका थिए। गत वर्ष बागलुङ भएको पश्चिमाञ्चल टीम १७ औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन हो।

यस्तै पुरुषतर्फ राष्ट्रिय खेलाडी टहलसिंह थापामगर (लिब्रो, स्याङ्जा ) को नेतृत्वमा १२ सदस्यीय पश्चिमाञ्चल टीम छनौट गरिएको छ। छनौट भएका अन्य खेलाडीमा सरोज महतो (नवलपरासी, ओपन स्पाइकर), अमृत केसी (स्याङ्जा, ओपन स्पाइकर), राम श्रेष्ठ (पर्वत, ओपन स्पाइकर), सञ्जु शाह (स्याङ्जा, ओपन स्पाइकर), जिमप्रसाद श्रेष्ठ (स्याङ्जा, क्वीकर), रामनारायण महतो (नवलपरासी, क्वीकर), इश्वर थापा (बागलुङ, क्वीकर), रमेश केसी (स्याङ्जा, अलराउण्डर), लक्ष्मण श्रेष्ठ (पर्वत, अलराउण्डर), लोकेन्द्र भण्डारी (रूपन्देही, लिÇटर) र अनिल राना (स्याङ्जा, लिÇटर) रहेका छन्।

टीममा याम क्षेत्री (कास्की), काजी केसी (स्याङ्जा), सागर मल्ल (पाल्पा), कृष्ण थापा (पर्वत) र रोशन गुरुङ (कास्की) गरी खेलाडी बैकल्पिकमा परेका छन्। नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ, सचिव रामनाथ भण्डारी, केन्द्रीय सदस्य डीबी नेपाली, वरिष्ठ भलिबल प्रशिक्षक कौशिला खत्री, राष्ट्रिय खेलकुद परिषद्का भोलिण्टियर प्रशिक्षक राजकुमार गुरुङसहितको चार सदस्यीय छनौट समितिले पुरुष टीम छनौट गरेको हो। छनौट खेलमा कास्की, स्याङ्जा, पर्वत, बागलुङ, रूपन्देही, नवलपरासीर पाल्पाका खेलाडीको सहभागिता रहेको थियो।महिला पुरुष दुवै टीमले बिहीबारदेखि नियमित प्रशिक्षण गर्नेछन्।

कमेन्टहरु
Loading...