पोखराको समृद्धिका लागि पालिखेको विकल्प छैन ः व्यवसायीहरु

पोखरा, ३० भाद्र/पोखराका विभिन्न उद्योगी व्यवसायीहरुले पोखरा उपत्यकाको आर्थिक समृद्धिका लागि पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशंकर पालिखेको विकल्प नभएको वताएका छन् । वुधवार पोेखराको विभिन्न स्थानमा गरिएको घरदैलो र भेटघाटमा उनीहरुले आगामी कार्यकाल अध्यक्षका प्रत्यासी विश्वशंकर पालिखे र उहाँले नेतृत्व गरेको समावेशी व्यवसायीक टिमको विकल्प खोज्न नहुनेमा जोड दिएका हुन् ।

पोखराको मुख्य वजार चिप्लेढुंगाको श्रीरत्न आभूषण प्रा।लिका अध्यक्ष बसन्त वरालले आफुहरु तथा सुनचाँदी व्यवसायमा लागेका अन्य सदस्यहरुले पालिखे र उहाँको समावेशी टीमलाई जिताउन लागि परेको वताउनुभयो । पोखराका उद्योगी व्यवसायीहरुको व्यवसायक हितका लागि काम गर्न सक्ने पालिखे मात्रै देखिएको र अहिलेको माहोल पनि पालिखे समूहको पक्षमा छ, त्यसैले पनि उहाँको जीत सुनिश्चित छ, वरालले भन्नुभयो ।

स्टेशनरी व्यवसायी अर्जुन पोखरेलका अनुसार,“सबै साथीहरु पालिखेको पक्षमा सकारात्मक छन्, व्यवसायीको हकहित र पोखराको विकासका लागि सदैव लागिपरेका मान्छे उहाँ नै हो, त्यसैले पालिखेको पक्षमा नै मतदान हुन्छ ।” वजारमा पनि पाालिखे टीमको माहोल राम्रो छ, बितेका ४० वर्षदेखि निरन्तर पोखराको पर्यटन र व्यवसायीक क्षेत्रमा क्रियासिल रहनु भएको छ । “चुनावमा जातियता भन्दा पनि कामको मूल्यांकनको आधारमा मतदान गर्नुपर्छ, त्यो योग्य व्यक्ती पालिखे नै हो, त्यसैले पनि विश्वशंकर पालिखे र उहाँको समूहलाई मतदान गर्न सवै उद्योगी व्यवसायीलाई आग्रह गर्छौ, स्टेशनरी व्यवसायी पोखरेलले भन्नुभयो ।

पर्यटन व्यवसायी शुकवहादुर गुरुङ्गले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि विगत १२ वर्षदेखि भिड्दै आएको व्यक्ती पालिखे भएको र विमानस्थल निर्माण सुनिश्चिताको लागि पनि पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पालिखेलाई जिताउनुपर्नेमा जोड दिनुभयो । पोखरा उपमहानगरपालिकासंग मित्रराष्ट्र चीनको लिन्जी, कुनमिङ र ग्वान्जाओ शहरसंग भगिनी संवन्ध राख्न खेलेको भूमिकालाई पोखरेलीले भूल्न नहुने पर्यटन व्यवसायी गुरुङ्गको भनाई छ । भगिनि संवन्धको कारण पोखरा उपमहानगरपालिकालाई कुनमिङ शहरबाट दुई वटा दमकल, लिन्जिबाट टिभि, कम्यूटर, हार्डवेयर सर्वर, ग्वान्जाओ र लिन्जिबाट भूकम्प पिडित स्कुलको लागि दुई करोड ६० लाख सहयोग उपलव्ध गराउन तथा पोखरालाई सोलार सिटि बनाउन तिब्बत सरकारसंग निरन्तर अभियानकर्ताको रुपमा भूमिका निर्वाह गरिरहेको कुरालाई भूल्न नसकिने पनि पोखराका व्यवसायीहरुको भनाई थियो ।

नेपाल इन्स्योरेन्स प्रोफेश्नल सोसाईटी कास्कीका उपाध्यक्ष केशव ढकाल तथा सचिव दीपक तिवारीले पोखराको लागि सक्षम व्यक्ति पालिखे नै देखिएकोले उहाँ र समावेशी टीमले मत पाउनेमा शंका नभएको बताउनु भयो । उहाँले भन्नुभयो ः“हाम्रो निर्णय संस्थागत सहयोगको निर्णय हो ।” समुन्नत पोखरा निर्माण र व्यवसायीक सुरक्षाका लागि पनि उहाँलाई जिताउनुको विकल्प छैन् अध्यक्ष ढकालले भन्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघको आगामि भाद्र ३१ र असोज १ गते हुन लागेको ३१ औं महाधिवेशनको निर्वाचनमा समावेशी व्यवसायीक टिमको तर्फबाट अध्यक्षका उम्मेदवार वन्नुभएका विश्वशंकर पालिखे र उहाँका पदाधिकारी तथा कार्यकारीणी सदस्य पदका उम्मेदवारहरुले आज पनि पोखराका विभिन्न मुख्य व्यापरिक स्थलहरुमा घरदैलो र भेटघाट गरेका छ । पोखराको पालिखेचोक, महेन्द्रपुल, नयाँवजार, पृथ्वीचोक, सभागृहचोक, चिप्लेढुंगा, विपि चोक, सिद्धार्थचोक लगायतका क्षेत्रको घरदैलोमा पालिखे र उहाँको समूहलाई विभिन्न व्यवसायीहरुले स्वागत गरेका थिए । साथै उनीहरुले पाखिले तथा उहाँको टिमलाई जिताउन लाग्ने वचन समेत दिएको र पोखरामा अभैm देखिने गरि व्यवसायिक हित र आर्थिक संवृद्धिको कार्यमा तल्लिन हुन सुझाव दिएका छन् ।

कमेन्टहरु
Loading...