ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंक मर्जर हुने

पोखरा, २ जेठ / पोखरामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंक मर्जरमा जान सहमति भएको छ ।

तीन महिना भित्र बैंक गाभ्ने निर्णय सहित दुवै बैंकले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
ओमको तर्फबाट अध्यक्ष सुशील गोशेली र एनएमबीको तर्फबाट अध्यक्ष पवन गोल्यानले सम्झौता पत्रमा हस्ताक्षर गरेको ओमका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।

मर्जरसँगै बैंकको पुँजी १२ अर्ब रुपैयाँ पुग्नेछ । ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सिल बैंकले एक्युजिसन (प्राप्ती) गर्ने गत वर्षको सहमति सफल नभएपछि ओम बैंकले मर्जरको विकल्प खुल्ला राखेको थियो ।

कमेन्टहरु
Loading...