नेको इन्सुरेन्सको पोखरामा सचेतना मुलक प्रभात फेरी

पोखरा, १७ जेठ/नेको इन्सुरेन्स कम्पनी लिमिटेडको स्थापनाको २३ औँ बर्षको उपलक्ष्यमा शुक्रवार पोखरामा बीमा सम्बन्धि सचेतना मुलक प्रभातफेरी आयोजना गरियोे । पोखरा कुटि रिसोर्टबाट सुरु भएको प्रभातफेरी जिल्ला मालपोत कार्यालय, शहिदचोक, बाराहीचोक, हल्लनचोक हुदै पुन रिसोर्ट गई सम्पन्न भएको हो ।

संस्थाको बार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धि सचेतना जगाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको लिमिटेडका प्रमुख कार्यकारीणी अधिकृत बिश्वराम तिमिलाले बताएका छन् ।

प्रभातफेरिमा सहभागीहरुले “हामि जोखिम बहन गर्न तयार छौँ, के तपाई जोखिम मुक्त हुन तयार हुनुहुन्छ ।, अब राहत होइन, बीमा रोजौँ ।, म जिम्मेवार छु किनकी म बीमा गर्छु ।” लगायत बिभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा बोल्दै तिमिलाले आफ्नो जुनसुकै सम्पत्तिको जोखिम बीमा गरी भैपरी आउने क्षतिबाट बच्न सबैलाइ आग्रह गरेका छन् । साथै लिमिटेडका नायव प्रमुख कार्यकारीणी अधिकृत अशोककुमार खड्काले अबको जुनसुकै निर्माण बीमा गरेर मात्रै सम्पन्न गर्नुपर्ने बताए ।

प्रभात फेरीमा देशभरका बजार बिभागमा कार्यरत करिब १ सय ७० जना भन्दा बढि कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...