मिस तमुस्यो दोब्गा कोरियोग्राफिमा व्यस्त

पोखरा १० माघ /नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीले आयोजना गरेको मिस तमुस्यो नेपाल २०७० हुन सफल दोब्गा गुरुङ यत्तिबेला कोरियोग्राफिमा व्यस्त छिन । गत वर्ष आयोजना गरेको प्रतियोगीताबाट उपाधि हात पारेकी बुटवलकी दोब्गाले यत्तिबेला मिस बुटवलका प्रतियोगीलाई कोरियोग्राफि गर्दैछिन । नेपाली समाजमा रहेको फेसन प्रतिको नकारात्मक दृष्ट्रिकोणलाई प्रष्ट पार्न बुटवल फेसन डट कम र एस आर एस प्रालीको आयोजना हुन लागेको मिस बुटवलका प्रतियोगीताहरुलाई दोब्गाले कोरियोग्राफर गरेकी हुन् ।

कोरियोग्राफिका लागि दोब्गा मंगलबार बुटवल पुगेकी छन । पढाइका क्रममा काठमाडौँ रहेकी दोब्गा दुइ साता लामो कोरियोग्राफिका निमिक्त बुटवल पुगकी बताएकी छिन । उनले पहिलो पटक कोरियोग्राफि गर्न लागेको बताउदै विगतमा सिकेका ज्ञानहरुलाई प्रयोग गर्ने बताइन् । प्रतियोगीहरुको प्रमुख आकर्षक कोरियोग्राफि रहेको भन्दै यसमा कमी हुन नदिने दोब्गाको भनाइ छ । मिस तमुस्यो नेपाल २०७० मा प्रतियोगीको रुपमा रहदाँ वरिष्ट कोरियोग्राफि विना घलेको प्रशिक्षण पाएकी दोब्गाले कोरियोग्राफिमा कमी आउन नदिने दावी गरिन् ।

मिस तमुस्यो दोब्गा कोरियोग्राफिमा
मिस तमुस्यो दोब्गा कोरियोग्राफिमा

मिस तमुस्यो दोब्गाले प्रतियोगीहरुलाई दुइ हप्ता सम्म कोरियोग्राफी गर्ने आयोजकले जनाएको छ । माघ २० गते बुटवलमा हुने फइनल प्रतियोगीतामा बुटवल र भैरहवाका ३० जना प्रतिष्पार्धीहरु भिड्ने छन । मिस बुटवल बन्नेले नगद २५ हजार, फष्ट रनर अपले १५ र सेकेण्ड रनर अपले १० हजार पार्नुका साथै विभिन्न म्युजिक भिडियोमा खेल्न पाउने छन ।

कमेन्टहरु
Loading...